vada
News

उद्धार गर्न खोज्दा सडकमा बस्ने दम्पत्तिको तमासा देखेर डीआईजी पोखरेल छक्क

काठमाडौं। शुक्रबार राति ९ बजे महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल(डीआईजी)सहितको टोली सडक अनुगमनमा थियो ।

टोलीमा काठमाडौं महानगरपालिका, मानवसेवा आश्रम, प्रहरी, पत्रकार र विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू सहभागी थिए। काठमाडौंको कमलादीस्थित गणेशमन्दिर नजिक सडकछेउमा बन्दोबस्तीको ओढ्ने ओछ्याउनेसहित एक दम्पत्ति सुत्ने तरखरमा थिए । चिसोका कारण खोकी लागेकाले श्रीमती औषधि खाँदै त श्रीमान् मदिरामा लठ्ठ भेटिए।

प्रहरी र अभियानकर्मीले उनीहरूलाई फकाउँदै सडकमा नबस्न अनुरोध गरे । महिला आश्रममा जान मानिनन् । उनले मोबाइल उठाउँदै कुनै एक व्यक्तिलाई फोन गरेजस्तो गरेर आफूलाई लैजान लागेको कुरा सुनाइन् । नमाने जसरी पनि लैजाने प्रहरीले अडान कसे । महिलाले भनिन्, “भोलि आफ्नै घर जान्छौँ, आज छाडी दिनुस् ।” यसरी उनले अनुरोध गरेको यो तेस्रो पटक थियो ।

सहज रूपमा उठ्न नमानेपछि प्रहरी र अभियानकर्मीले उठाउने प्रयास गर्दागर्दै उनले सिरानबाट चक्कु निकालिन् । “म पनि इन्सपेक्टरको छोरी हुँ, ल आइज त मेरो नजिक, सबैलाई सिध्याउँछु, पुलिसलाई नि हान्छु”, उनी चक्कु ताक्दै घुम्न थालिन् । अश्लिल शब्दसमेत प्रयोग गरिन् । सामुन्ने रहेका नायब महानिरीक्षक पोखरेल पनि छक्क परे । एकछिन त सबै अक्क न बक्क भए ।

गाडीमा बसिसकेका श्रीमान्लाई फिर्ता ल्याई दिने शर्त राखेपछि उनले चक्कु थन्याइन् । अभियानकर्मीले चक्कु खोसेपछि बल्ल उनी आश्रम जान तयार भइन् । घर धादिङको नौबिसे बताउने दम्पति मन्दिरमा मागेर बस्ने गरेको निक्कै लामो समय भइसक्यो । स्थानीयका अनुसार यो दम्पति दिउँसोमा विभिन्न अश्लिल शब्द भनेर मानिसलाई थर्काउने र हल्लाखल्ला गर्ने मध्येका प्रमुख हुन् ।

शान्ति सुरक्षामै चु’नौती हुने गरी बेलाबेलामा यस्ता हर्कत सडकमा हुने गरेका छन् । टेकुस्थित एक घरको सिँढीमा सुतिरहेका एक जमातलाई पनि राती नै उ’द्धार गरियो । स्थानीयका अनुसार उनीहरू भट्टीमा बसेर म’दिरा पिउने अनि हरेक दिन चोकमा झै’झगडा गर्दै आएका थिए । यहाँ महिला पुरुष एउटै गुँड बनाएर सुतिरहेका भेटिए ।

सडकमा यसरी ह’तियार देखाएर त’र्साउन खोज्ने कु’टपि’ट गर्न खोज्ने, टोली देखेपछि भा’ग्नेहरू धेरै छन् ।

काठमाडौंको सडकमा अ’सहाय र बे’सहाराहरू न्यून रहेपनि यस्ता व्यक्तिहरू अत्यधिक रहेको मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारी बताउँछन् । अधिकांश पेशेवर म’गन्ते, म’दिरा खाएर पल्टिने र दिनभर मजदूरी गरेर राति सडकमा बस्नेहरू छन् । यस्ता व्यक्तिले भने कुनै न कुनै ह’र्कत देखाउने गरेका अर्का अभियानकर्मी सुमन बर्तौलाको अनुभव छ ।

डीआईजी पोखरेल यस्ता गतिविधि रोक्न शुरु भएको अभियान सराहनीय रहेकाले कुन ठाउँमा कसरी प्रस्तुत हुनुपर्छ त्यसका लागि प्रहरी तयार रहेको बताए ।

कुनै मानवको लागि मानिस आफ्नो जीवन समर्पण गर्छ भन्ने कुरा महत्वपूर्ण भएको उल्लेख गर्दै प्रहरी नावय महानिरीक्षक पोखरेलले आश्रमका अभियानकर्मीलाई सङ्केत गर्दै भने, “मानव हुनुको अर्थ तपाईँहरूको सेवामा देख्छु म, एउटा मानव कति पी’डा भोगिरहेको छ, उसलाई सार्थक जीवन दिन आफ्नो क’ष्ट भुलेर अभियान चलाउनुभएको छ ।”

उद्लेद म’गन्तेको व्यवस्थापन र अ’सहायको आँसु पुछ्ने पुनित कार्यको जति प्रशंसा गरेपनि नपुग्ने बताए ।

शुक्रबार राति काठमाडौंका सडकबाट मात्रै ३८ जनाको उ’द्वार भयो । सबै मदिरा खाएका र पेशेबर मगन्ते मात्रै थिए । कालीमाटीको सडकमा विगतमा बोरो ओछ्याएर लस्करै ४३ जना सुतेको भेटिएका थिए ।

उक्त अभियानका कारण शुक्रबारको रात त्यो सडक खाली थियो । विगतमा यत्रतत्र मानिस सुतिरहेका देखिने सडकक्षेत्र विस्तारै खाली देखिन थालेको अभियानमा सहभागी महानगरीय प्रहरी परिसर काठमडौँका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले बताए ।

सडकमा बसेर नमाग्न प्रचार अभियान शुरू

सडकमा बसेकाहरूको उद्धा’र अभियानका कारण पछिल्लो समयमा राति सडकमा बस्नेहरू न्यून बन्दै गएका छन् । बेसहाराहरू भेटिएका छैनन् । तर, पेशेबर मगन्ते र म’दिरा खाएर सडकमा बस्नेहरू अझै भेटिँदै छन् ।

उनीहरूलाई बालाजुस्थित अस्थायी आवास केन्द्रमा राखिएको छ । कतिपयको घर परिवार फेला पारेर बुझाउने गरिएको छ भने नभेटिएकालाई केन्द्रमा राखेर परामर्श दिने काम जारी छ ।

अझै बिहान, दिउँसोमा सडक र मन्दिर छेउमा बसेर मा’ग्नेहरू प्रशस्तै छन् । काठमाडौंमा त्यसलाई निरुतसाहित गर्न आजबाट माइकिङ गरेर उनीहरूलाई नबस्न अनुरोध गरिएको काठमाडौंको सडक मानवमुक्त अभियान कार्यान्वयन उपसमितिकी संयोजक गुजेश्वरी श्रेष्ठले बताताइन् ।

आज यहाँको स’ङ्कटा, भद्रकालीलगायत आसपासका मन्दिरमा पुगेर सबैलाई नबस्न अनुरोध गरिएको छ । पहिलो चरणमा आग्रह गरिने र त्यसपछि अटेर गर्नेलाई उठाउने तयारी महानगरको छ ।

यही मङ्सिर २९ गते महानगरले काठमाडौंलाई सडक मानव मुक्त बनाउने अभियान घोषणा गरेको हो । आगामी तीन महिनासम्म उ’द्वार तथा व्यवस्थापन अभियान चलाउने योजनाअनुसार दुई हस्तादेखि कार्यक्रम जारी छ ।

अहिलेसम्म ३६० भन्दा बढीको उ’द्वार भइसकेको छ । कतिपयलाई परिवार खोजेर पठाइएको छ भने धेरै अझै केन्द्रमा छन् । नारायण ढुंगाना/रासस

यो पनि पढ्नुस
उमेरले ८० औं बसन्त पार गरेकी आशा भोस्ले बिहिबार जव रेडियो नेपालको स्टुडियोमा रिहर्सलको लागि पुगिन । नेपाली साँगीतिक आकासका एक धुर्व तारा रामकृष्ण ढकाल पनि देखिए । सम्बोधनको क्रममा सालीन स्वभावका रामकृष्ण ढकालले आशाको खुट्टा छोएर ढोंगे । आशाले आर्शिवाद दिइन् ।

आशा भोस्लेसँग शनिबार हुने साँगीतिक कार्यक्रममा रामकृष्ण ढकालले ‘मोहनी लाग्ला है’ बोलको गीत गाउने छन् । नेपाली साँगीतिक आकासका धुर्वतारा मानिएका ढकालले आशा भोस्लेको खुट्टा ढोग्दै गर्दा उपस्थित सबैको ध्यान ढकाल तर्फ थियो । ढकाल तर्फ ध्यान जाने अर्को कारण के पनि छ भने बुधबार मात्र नेपाली सञ्चार माध्याममा रामकृष्णको निजी जीवनको कुराले राम्रै स्थान पाएको थियो ।

साधना कला केन्द्र पुतलिसडकले आमन्त्रण गरेर आशा भोस्ले नेपाल आएकी हुन्। उनले २८ डिसेम्बर अर्थात यही शनिबार काठमाडौंको सोल्टी होटलमा आयोजना हुन लागेको ‘म्युजिकल जर्नी अफ रञ्जित गजमेर विथ आशा भोस्ले’ नामक सांगीतिक कार्यक्रममा प्रस्तुती दिनेछिन्। संगीतकार रञ्जित गजमेरको संगीतमा भोसलेले गीत गाउने केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानले जानकारी दिए।

त्यहाँ संगीतकार रञ्जित गजमेर र गायिका आशा भोस्लेलाई सम्मान गरिनेछ। ‘यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर’, ‘म प्यार बेचिदिन्छु’, ‘गैरीखेतको शिरै हाल्यो’, ‘मोहनी लाग्ला है’, ‘किन बढ्दै छ ढुकढुकी मुटु’को लगायतका दर्जनौं नेपाली गीत कालजयी छन्। भोस्लेले संगीतकार गजमेरको सम्पर्कमा नेपाली गीत गाएकी हुन्।

Related Articles

Back to top button