vada
News

सुन्दा अचम्म लाग्न सक्छ : छु’रीले मसाज गरेर यस्तो ग’म्भीर रो’गको उपचार ! थाहा पाउदा सबै चकित !

एजेन्सी । छु’रीले जीउको मसाज गर्ने भन्ने कुरा सुन्दा आ’ङै सि’रिङ्ग हुन्छ । तर यो दुनियाँमा एउटा यस्तो परम्परा छ, जहाँ छु’रीले मसाज गरिन्छ । ताइवानमा विगत २ हजार वर्षदेखि छु’रीले जीउमा मसाज गर्ने परम्परा चलिरहेको छ । अहिले पनि ताइवानका विभिन्न मसाज पार्लरहरुमा नाइफ थेरापी अर्थात् छु’रीको मसाज पनि हुन्छ । छु’रीले मसाज गर्ने त्यस्तो परम्परालाई स्थानीय भाषामा डाउलियाओ भनिन्छ ।
छु’रीले मसाज गर्ने परम्परा २ हजार वर्षअघि बौद्ध भिक्षुहरुले गरेको इतिहास छ ।

करिब एक हजार वर्षअघि तांग वंशको पालामा जापानमा पनि यस्तो छु’री मसाज निकै प्रचलित बनेको थियो । सन् १९४० को चिनिया गृहयुद्धका समयमा यो परम्परा ताइवान पुगको थियो । अहिले चीन र जापानमा यो परम्परा लगभग लोप भइसक्दा ताइवानमा भने मौलाइरहेको छ । ताइवानको राजधानी ताइपेइमा यो छु’री थेरापी सिकाउनका लागि एक शैक्षिक केन्द्रसमेत खोलिएको छ ।

उक्त तालिम केन्द्रको नाम द एनसिएन्ट आर्ट अफ नाइफ मसाज डाओलियाओ आइ जिंग एजुकेशनल सेन्टर हो । पूरै ताइवानमा यो शैक्षिक केन्द्रका करिब ३६ वटा शाखा छन् । त्यसमध्ये १५ वटा त पछिल्लो पाँच वर्षमै खोलिएको थियो । त्यहाँ विश्वभरका मानिसहरु छु’री मसाजको कला सिक्नका लागि जाने गर्दछन् ।

जीउको दु’खाइ तथा घा’उचोट ठी’क पार्न, निद्रा नलाग्ने स’मस्याको उपचार गर्न, सरीरको दु’खाइको स’मस्याबाट मुक्ति पाउनका लागि मानिसहरु छु’रीको मसाज गर्ने गर्दछन् ।
चिनियाँ औषधि विज्ञानमा जुन प्रकारले एक्युप्रेसर थेरापी गरिन्छ त्यसैगरी छु’री थेरापीमा पनि प्रेसर विन्दुलाई लक्षित गरिन्छ । त्यसलाई क्यू आई डोर्स भनिन्छ ।

नाइफ थेरापीमा केही नियमहरु पालना गर्नु आवश्यक छ । मसाज गरिदिने कामदारको मू’ड ठीक छैन भने उसलाई छु’री चलाउन दिइँदैन । मुड ठीक नभएको बेला छु’री चलाउँदा मसाज लिने मानिसको सरीरमा नकारात्मक उर्जा प्रवेश गर्ने विश्वास गरिन्छ । छु’री मसाज गर्ने कर्मचारीले सदैव सकारात्मक उर्जासाथ काम गर्नुपर्ने नियम छ । साथै मसाज गर्नेले शुद्ध शाकाहारी भोजन गर्नुपर्दछ ।

छु’रीको मसाज गर्न आउने ग्राहकहरुले पार्लरमा आफ्ना बच्चाहरु समेत लिएर आउन पाउँदछन् । बच्चाबच्चीहरु पार्लरमा रहेका काठका टुक्राहरुसँग खेल्न पाउँछन् र स्कुलको त’नाव भगाउन सक्दछन् ।

Related Articles

Back to top button