vada
News

कोरोनाविरुद्धको भ्याक्सीनका दुई ‘क्लिनिकल ट्रायल’ सफल

काठमाडौं । कोरोना भाइरसको भ्याक्सीन बनाउने वाला चिनियाँ कम्पनी सिनोभ्याक बायोटेकले आफ्नो भ्याक्सीन कोरोना परीक्षणको पहिलो र दोश्रो चरणमा क्लिनिकल ट्रायल सफल भएको दाबी गरेको छ ।

कोरोना भ्याक टीकको सकारात्मक परिणाम आएको उनीहरुले बताएका हुन् । बेइजिंगस्थित यस कम्पनीले एक बयानमा यो औषधिले रोगप्रतिरोधात्मक क्षमता बढाउने दाबी गरेको छ ।

यो टिकाको परीक्षणका लागि १८ देखि ५९ वर्ष वर्गका कुल ७४३ जना स्वास्थ्य स्वयंसेवीहरुमा परीक्षण गरिएको थियो ।

बिरामीलाई कुनै साइड इफेक्ट नहुने

कम्पनीले आफ्नो बयानमा भनेको छ कि, १४३ जना पहिलो चरणमा र ६०० जना मानिस दोश्रो चरणमा सहभागी गराइएको थियो ।

परीक्षणमा सहभागी मानिसहरुलाई दुई इन्जेक्शन दिइएको थियो । १४ दिनको परीक्षणको समयमा उनीहरुमा औषधीको कुनै पनि दुष्प्रभाव नपरेको कम्पनीले बताएको छ ।

कम्पनीले दोश्रो चरणको क्लिनिकल अध्इयन रिपोर्ट र अर्को चरणको तीन क्लिनिकल रिपोर्ट चीनको राष्ट्रिय चिकित्सा उत्पादन प्रशासनलाई जिम्मा लगाइने भएको छ ।

कोरोनाविरुद्ध ठूलो उपलब्धि

सिनोभ्याकका अध्यक्ष र सीईओ वेइदोंग यिनका अनुसार अबको एक चरणमा कोरोनाविरुद्धको औषधि हुन सक्छ वा सक्दैन भन्ने बारेमा पत्ता लाग्ने बताएका छन् । अहिलेसम्म यो औषधि सफल साबित भएको छ ।

यसैबीच कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म विश्वमा ४ लाख ३५ हजार ६९७ जनाको मृत्यु भईसकेको छ भने ७९ लाख ९८ हजार ६ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ४१ लाख २९ हजार ३७१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५४ हजार ४६० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

एजेन्सीको सहयोगमा

Related Articles

Back to top button