vada
News

के तपाईलाई थाहा छ ? दिनहुँ एक कोसा मात्र केरा खाँदा हुने फाइदाहरु

केरा स्वास्थ्यका लागि अति उपयोगी मानिन्छ । हरेकदिन एक कोसा केरा खाने गर्नाले शरीर स्वस्थ रहन्छ भने स्फुुर्ती बढ्छ ।

केरामा सुगर र फाइबर प्रशस्त पाइन्छ । त्यस्तै थाइमिन, नियासिन र फोलिक एसिडको रुपमा भिटामिन ए र बी पर्याप्त मात्रामा पाइन्छ । त्यसो त केरालाई उर्जा दिने स्रोतको रुपमा पनि हेरिन्छ ।

साथै यसमा पानीको मात्रा ६४.३ प्रतिशत, प्रोटिटन १.३ प्रतिशत, कार्बोहाइट्रेड २४.७ प्रतिशत तथा चिल्लो पदार्थ ८.७ प्रतिशत हुन्छ । यसबाहेक अरु धेरै फाइदा पनि हुन्छ । ती यसप्रकारका छन् :

१. केरामा पोटासियम पाइन्छ । जो उच्च रक्तचापका विरामीका लागि निकै फाइदाजनक हुन्छ ।२. अत्यधिक रक्सी सेवनको कारण हुने हयांङओवर उतार्न केरा दुधमा मिसाएर खाँदा निकै फाइदा हुन्छ ।३. केराको सेवनले पेटलाई सितलता प्रदान गर्छ ।४. केराको सेवनले मधुमेहलाई समेत नियन्त्रण गर्छ ।५. केरामा अत्यधिक फाइवर पाइन्छ६. केराको सेवनले पाँचन प्रकृयालाई नियमित गराउन सहयोग पुग्छ ।

७. अल्सरका विरामकिा लावि केराको सेवन लाभदायी हुन्छ ,८. केरामा आइरन भरपुर मात्रामा हुन्छ । जसका कारण रगतमा हेमोग्लोविनको मात्रा बढ्छ ।९. तनाव क मगर्नका लागि पनि उपयोगी हुन्छ केरा१०. केरामा ट्राइप्टोफान नामक एमिनो एसिड हुन्छ जसले हाम्रो मस्तिष्कको स्फूर्ति बढाउन मद्धत गर्छ

Related Articles

Back to top button