vada
News

नेपालमा आज कोरोना संक्रमणबाट ९ जनाको मृत्य

काठमाडौं । नेपालमा आज कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । २ महिला र ७ पुरुष को उपचारका क्रममा ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै नेपालमा आज ९ सय ८० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । त्यस्तै नेपालमा आज अहिलेसम्मकै धेरै १ हजार ८ सय १४ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १८९४१ पुगेका छन् । यो ६१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा आज १७ हजार २७ सक्रिय संक्रमित रहेका छ । नेपालमा होम आइसोलेसनमा देशभर ७ हजार २६ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । १०३८२ जनाको पिसिआर परिक्षण गरिएको छ ।

त्यस्तै काठमाडौँमा आज २ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै ललितपुर र भक्तपुरमा क्रमश ३२ ३२ जनामा संक्रमण पुष्टि भएको हो । यो सहित गरेर काठमाडौँ उपत्यकामा ३ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Related Articles

Back to top button