vada
News

काखे बालक छोडेर ह’राएकी रुपा ८ दिनपछि यस्तो अवस्थामा भेटिइन् [भिडियो सहित]

काठमाडौं। मोवाइलमा धेरै कुरा नगर भनेर सम्झाउँदा सानो काखे बालक छोडेर हिडेको भनिएकी महिला फेला परेकी छन् । उनी घरवाट आफ्नो फुपुको घर गएर बसेको बताएकी छन् । उनको सानो साढे २ वर्षको छोरा पनि छ । दागंवाट रोल्पा विवाह भएकी रुपा घर्ती अहिले सार्वजनिक भएकी हुन् । उनी घर छोडेर हिडेको ९ दिन पछि घर फर्केर आएकी हुन् । रुपाको घर तर्फका परिवारले उनी माइतीको सम्पर्कमा रहेको आफुहरुलाई शं’का लागेको बताएका थिए । रुपा आफ्नो फुपुको घरमा गएर बसेको बताएकी छन्।

फुपुको घरवाट माइत फर्केर आएपछि उनको आमाले छोरी भेटिइन् भनेर ज्वाइलाई खबर गर्दा लिन नआएको बताएकी छन् । घरमा ट’र्चर भएका कारण सहन नसकेर फुपुको घरमा गएको बताएकी छन् । रुपा जसको घरमा गएकी थिइन् उनको मोवाइल नभएका कारण सम्पर्क गर्न नपाएको रुपमाको आमाले बताएकी छन् । हिँजो फुपुको घरमा खोज्न जाँदा उनी घरमै फेला परेको बताएकी छन् । फुपुको घरवाट माइती लिएर आएपछि उनका श्रीमान भने लिन नआएको रुपाले बताइन्।

उनी ह’राएको भनेर भिडियोमा सार्वजनिक भएपछि उनीहरुले प्रहरीमा पनि सम्पर्कमा राखेका थिए । फोन गर्दा तिम्रो छोरी कहाँ गएको हो, त्यसको प्रमाण सहित आउनुपर्छ भनेर श्रीमानले भनेको रुपाले बताइन् । प्रहरीले बोलाउँदा पनि नआएको रुपाको आमाले बताएकी छन् । उनले ज्याईलाई बोलाउँदा म तिमीहरुले आउ भन्दा आउने जा भनेपछि जाने हो र ? भन्दै जवाफ लगाएको रुपाको आमाले बताइन्।

श्रीमान लिन नआएपछि रुपा अहिले माइतीमा आएर बसेकी छन् । रुपालाई श्रीमानले कु’टपि’ट गर्ने गरेको माइतीमा आएर बताएकी छन् । विवाह भएको तीन महिना देखि कु’टपि’ट गर्न थालेको रुपाले आफुलाई बताएको आमाले बताइन् । ज्वा’ईले जाँ’डर’क्सी खाएर छोरीलाई यस्तो या’तना दिने गरेपछि छोरीलाई त्यसै नपठाउने दुवै पक्षलाई राखेर कुराकानी गर्न खोजेको भएपनि ज्वा’ई नआएको उनको भनाई छ।

काठमाडौंमा रहेका श्रीमान लकडाउनका समयमा रोल्पा पुगे । घर नबसेर केही दिन क्वारेन्टाइनमा विताए । क्वारेन्टाइनवाट घर गएपछि श्रीमतीको ब्यवहार फरक पाए । मोवाइलमा भुलिरहेको देखेपछि उनले चेक गरे । फेसवुकका अरु पुरुषसंग कुराकानी गरेको थाहा पाएपछि त्यसो नगर्न भनेर सम्झाए।

कसैलाई फोन गर्न परे मेरो मोवाइलवाट गर भनेर श्रीमतीको मोवाइलको सिम निकालेर फालिदिए । दागंको घोराही उपमहानगरपालिका १९ नम्बर वडावाट रोल्पा विवाह गरेर गएकी रुपा घर्ती सानो काखे बालक छो’डेर हिडेकी हुन् । तर रुपाले भने आफुलाई श्रीमानले अनावश्यक शं’का गर्ने गरेको बताएकी छन् । मेरा आफन्त छन्, दाजुभाई र साथी पनि छन् । कसैसंग कुरा नै गर्न नहुने हो र ? आफ्नै फुपुको छोरासंग कुरा गर्दा पनि शं’का गरेर झ’गडा गर्छन,उनले भनिन्।
भिडियो हेर्नुहोस

<iframe width=”717″ height=”323″ src=”https://www.youtube.com/embed/HAx63LIk7qY” frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>

Related Articles

Back to top button