vada
News

Breaking news…मोदीलाई ठुलो झ’ट्का : भारतीय नागरिक चिनियाँ सेनाको क’ब्जामा परेपछि, भारतभर चल्यो रुवावासी !

काठमाडौं- भारत र चीनबीच त’नाव बढिरहेका बेला चिनियाँ सेनाले ५ जना भारतीय नागरिकलाई क’ब्जामा लिएको भन्दै भारतीय सेनाले एक सन्देश पठाएको छ । भारतीय सेनाका अनुसार उनीहरूलाई सीमावर्ती भारतीय राज्यबाट नियन्त्रणमा लिइएको हो । दुई दिनअघि अरुणाचल प्रदेशका एक सांसदले ट्वीट गर्दै ५ जना भारतीयलाई चिनियाँ सेनाले नियन्त्रणमा लिएको आ’रोप लगाएका थिए ।सांसद तापिर गाओले ट्वीट गर्दै सेप्टेम्बर ३ मा सीमाक्षेत्रनजिकै ५ जना नागरिकलाई चिनियाँ सेनाले क’ब्जामा लिएको आ’रोप लगाएका हुन् । यद्यपि, उनले त्यसबारे विस्तृत विवरण सार्वजनिक गरेका छैनन् । त्यसपछि एक भारतीय मन्त्रीले चिनियाँ सेनालाई ‘हटलाइन सन्देश’ पठाइएको बताएका छन् । अल्पसंख्यक कार्य राज्यमन्त्री किरेन रिजिजुले सीमा तनाव अन्त्यका लागि सन्देश पठाइएको जनाए ।

एक पत्रकारको प्रश्नको जवाफमा रिजिजुले भारतीय सेनाले उक्त घ’टनाबारे चिनियाँ पक्षको जवाफ पर्खिरहेको बताएको बीबीसीले उल्लेख गरेको छ । चिनियाँ विदेश मन्त्रालयका एक प्रवक्ताले भने घ’टनाबारे आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिएका छन् । तर यो घ’टनाले दुई देशबीच तनाव थप बढ्न सक्ने ठानिएको छ ।चीनले सीमा क्षेत्रमा सैन्य त’नावका लागि उक्साउने काम गरिरहेको आ’रोप भारतले लगाएको छ । भारतले अगस्ट पहिलो सातामा दुईपटक यस्तो आ’रोप लगाएको थियो । तर चीनले उक्त आ’रोप अस्वीकार गर्दै आएको छ ।

गत जुन १५ को राति गलवान उपत्यकाको एलएसी क्षेत्रमा भारत र चीनका सैनिकबीच हिं’सात्मक झ’डप भएयता दुई देशबीचको सम्बन्ध थप त’नावपूर्ण बनेको हो । झ’डपमा २० भारतीय सैनिक मा’रिएका थिए । घ’टनामा ७६ जना भारतीय सैनिक घा’इते भएका थिए । चिनियाँ पक्षतर्फ भएको क्ष’तिबारे भने कुनै जानकारी सार्वजनिक गरिएको थिएन । उक्त घ’टनापछि दुवै पक्षबीच एलएसीको पूर्वसहमतिलाई उ’ल्लंघन गरेको आ’रोप–प्रत्यारोप चल्दै आएको छ ।सीमाक्षेत्रमा जारी त’नाव अन्त्यको पहलका लागि भारतीय रक्षामन्त्री राजनाथ सिंहले दुई दिनअघि रुसको राजधानी मस्कोमा चिनियाँ समकक्षीलाई भेटेका थिए ।

त्यसले चाँडै तनाव कम गराउन संवाद अघि बढ्ने अपेक्षा गरिएको भए पनि दुई देशबीचको वाक्युद्ध जारी छ । चीनले सीमा क्षेत्रको त’नावका लागि भारत ‘पूर्णरूपमा’ जिम्मेवार रहेको आ’रोप लगाउँदै आएको छ भने भारतले ‘आफ्नो एक इन्च भूभाग पनि नछाड्ने’ बताएको छ ।त्यसका साथै चीनले सीमा क्षेत्रमा ठूलो संख्यामा सैनिकहरू परिचालन गरेको र उनीहरूले आ’क्रामक व्यवहार देखाएको भारतीय आ’रोप छ । दुवै देशले बारम्बार एकअर्कालाई हिमालय क्षेत्रको लद्दाखमा सीमा पार गरेर हिं’सा भड्काउन खोजेको आ’रोप लगाउने गर्छन् । विश्लेषकहरूले जुनदेखि सीमा क्षेत्रमा संवेदनशील अवस्था रहेको बताउने गरेका छन् ।

दुई देशबीच विभिन्न चरणमा सैन्य र कूटनीतिक वार्ताहरू भए पनि परमाणु समस्या समाधान भने हुन सकेको छैन । भारत र चीनबीच करिब ३ हजार ५ सय किलोमिटर लामो सीमा जोडिएको छ । त्योमध्ये करिब आधा दर्जन क्षेत्रमा दुई देशबीच दशकौंदेखि वि’वाद रहँदै आएको छ । कतिपय भूभागमा त दुवै देशले आफ्नो दा’बी गर्दै आएका छन् । सीमा विवादलाई नै लिएर सन् १९६२ मा भएको यु’द्धमा भारतले नराम्रो पराजय भो’गेको थियो । कान्तिपुर दैनिकमा खबर छ।

Related Articles

Back to top button