vada
News

जसले म’जदूरी गर्नु पर्छ घरमा दुइ हात जोड्न धौ-धौ छ उनिहरुलाइ सोध लकडाउन र नि’षेधाज्ञाको पि’डा

काठमाडौँ। व्यवसायीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लकडाउन र निषेधाज्ञा खुकुलो बनाउन आग्रह गरेका छन्। आइतबार साँझ प्रधानमन्त्री ओली र व्यवसायीहरूबीच भएको भेटमा व्यवसायीहरुले लकडाउन र नि’षेधाज्ञा खुकुलो बनाउन आग्रह गरिएको बताएका हुन्। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले निषेधाज्ञाको स्वरुप परिवर्तन गरी अर्थतन्त्रलाई चलायमान बनाउन आग्रह गरेको बताए।

जसले व्यापार गर्नु पर्दैन, जसले तलब खुवाउनु पर्दैन, जसको तलब आइरहन्छ, उनीहरुले मात्रै लकडाउन गर्नुपर्छ भनिरहेकाबारे प्रधानमन्त्री ओली पनि सहमत भएको श्रेष्ठले बताए। ‘बजारमा जसको केही काम छैन, जसको तलब आफै सुरुसुरु आउनेहरु लकडाउन निषेधाज्ञा गर्न उल्टोउल्टो कुरा गरेको छ। उहाँले त्यसरी नै भन्‍नुभयो’, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै श्रेष्ठले भने, ‘गर्नै नहुने भिड गर्ने उसलाई निकै भिड गरिएको छ। सवा चार बजेको स्वास्थ्य मन्त्रालयको ब्रिफिङले सकारात्मक ऊर्जा दिनुको सट्टा नकारात्मक भयो भनिरहेका छन् पनि उहाँले भन्‍नुभयो।’

अबको दिनमा आर्थिक क्षेत्र चलायमान नभए को’रोनाले नभई भो’कमरीले मृ’त्यु हुने स्थिति आउन सक्ने धारणा सबै व्यवसायीहरुले राखेको श्रेष्ठले बताए। अहिले व्यवसायमा लागेका नयाँ युवा पुस्ता निरुत्साहित हुने स्थिति आइसकेकाले सकारले छिट्टै पुनरउत्थान गर्नुपर्नेमा जोड दिइएको उनले बताए। व्यवसायीले राजश्‍व, ब्याज, घरभाडा, अफिस भाडा, कर्मचारी र श्रमिकको तलब तिर्नैपर्ने तर आम्दानी शून्य हुने स्थिति आएकाले आफूहरु समस्यामा परेको कुरा स्पष्टसँग राखेको श्रेष्ठले बताए। ‘

लकडाउनको निरन्तरता चैत देखि गएकोले हामीले राजश्‍व तिर्नै पर्ने, ब्याज तिर्नैपर्ने, घरभाडा तिर्ने पर्ने, अफिसको भाडा तिर्नै पर्ने, कर्मचारी र श्रमिक सबै तिर्नु पर्नेलाई तिर्नुपर्यो तर पैसा चाहिं कहीँबाट उठ्न सकेन’, उनले भने, ‘त्यसकारण अहिले हामीलाई यति गाह्रो भइसक्यो की हामीले परिस्थितिलाई कसरी समाना गर्ने भनेर हामी एकदम नसक्ने अवस्थामा आइसकेका छौं।’

Related Articles

Back to top button