vada
News

नेपालमा कोरोना अपडेट : हालसम्मकै उच्च संख्यामा थपिए संक्रमित, कहाँ कति ?(विवरणसहित)

काठमाडौं – सोमवार एकैपटक ४ सय ५१ जनामा कोरोना पुष्टि भएको छ । यो हालसम्मकै सबैभन्दा उच्च अंक हो । यससँगै नेपालमा संक्रमितको कुल संख्या ६ हजार २११ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नेपालमा आज एकैपटक ४५१ जनामा कोरोना भाइरसको संक्रमण भएको जानकारी दिए ।

उनका अनुसार आज भेटिएका कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

नेपालमा अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण १९ जनाको मृत्यु भईसकेको छ भने १ हजार ४१ जना संक्रमित स्वास्थ्योपचार पछि निको भएर घर फर्किएका छन् ।

आज मात्रै नेपालमा थप ६७ जनाले कोरोनाविरुद्धको लडाई जितेर घर फर्किएका छन् ।

यसैबीच नेपालमा हिजो (आईतवार) एकैपटक ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कहाँका हुन् थपिएका संक्रमित ?
मन्त्रालयका अनुसार प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङ जिल्लाका महिला १ जना नारायणी अस्पताल विरगञ्जमा भएको परीक्षणमा पर्साको १ जना महिला र ९ जना पुरुष र रौतहटको एक जना पुरुष गरी ११ जना, प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा तनहुँका ५ जना पुरुष, सेती अस्पताल प्रयोगशाला कैलालीमा भएको परीक्षणमा अछामका ३ जना पुरुष, कैलालीका १ जना महिला र १ जना पुरुष डोटीको १ जना महिला र ३ जना पुरुष गरी ९ जना, भेरी अस्पताल प्रयोगशालामा बाँकेका ५ जना पुरुष, बर्दीयाका २ जना महिला र १४ जना पुरुष, प्यूठानका २ महिला र १ जना पुरुष गरी २४ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भएको परीक्षणमादैलेखका १ जना महिला ४ पुरुष गरी जम्मा ५ जना, प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा महोत्तरीका २० जना पुरुष र धनुषाका ४ जना पुरुष गरी २४ जना र भरतपुर अस्पताल प्रयोगशाला मा गरिएको परीक्षणमानुवाकोटका २ जना महिला र एक जना पुरुष, अर्घाखाँचीका ३ जना पुरुष र चितवनको एक जना महिला गरी ७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरीएको परीक्षणमा गुल्मीका २ र रुपन्देहिका ५ जना पुरुष गरी ७ जना, कोशी अस्पताल प्रयोगशाला विराटनगरमा गरीएको परिक्षणमा सुनसरीका १ महिला, २ पुरुष मोरङको २ महिला १९ पुरुष, झापाका १ पुरुष २५ जना, प्रादेशीक अस्पताल सुर्खेत प्रयोगशालामा भएको परीक्षणमा दैलेखका ३ जना महिला ५० जना पुरुष र सुर्खेतका १ जना महिला र १८ जना पुरुष गरी १ सय ७ जना, धुलिखेल अस्पताल प्रयोगशालामा रोल्पाका ४ जना पुरुष र काठमाडौंका १ जना पुरुष गरी ५ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरीएको परीक्षणमा ७ जना महिला र ३६ जना महिला गरी ४३ जना, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा कैलालीका १ जना पुरुष , किटजन्य रोग तथा तालिम केन्द्र प्रयोगशाला हेटौँडामा रौतहटका २ जना महिला र २३ जना पुरुष गरी २५ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल गरीएको परीक्षणमा धादिङको ९ जना पुरुष, काठमाडौंको १ जना पुरुष गरी १०, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा ललितपुरको १ जना महिला र काठमाडौंको २ जना महिला गरी ३ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बाराका १ जना पुरुष, गुल्मीको ७ जना पुरुष, कपिलवस्तुको १ जना पुरुष, महोत्तरीको १० जना पुरुष पाल्पाका १० जना पुरुष रौतहटका २ जना महिला र ७४ जना पुरुष, रुपन्देहीको २ महिला र ५ पुरुष,सर्लाहीका २३ जना पुरुष सीराहका ४ जना पुरुष गरी १ सय ३९ जनामा पोजेटिभ देखिएको छ ।

कति भयो परीक्षण ?
पछिल्लो केही दिनयता सरकारले पीसीआर परीक्षण बढाएको छ । आइतबार ५ हजार ३ सय ६ गरी आजसम्म १ लाख ३८ हजार ६ सय ८३ वटा पीपीआर विधिबाट परीक्षण भएका छन् । आइतबार आरडिटी विधिबाट ८ हजार ६ सय १५ गरी अहिलेसम्म २ लाख १९ हजार ३ सय ३६ वटा परीक्षण भएका छन् । सरकारले थप एक पीसीआर मेसिन जडान गरेको छ । पोखरामा नयाँ मेसिन जडान भएसँगै देशभरी २२ स्थानबाट पीसीआर परीक्षण सुरु भएको छ ।

आईसोलेसनमा कति छन् ?
देशभरीका आइसोलेसनमा अहिले ५ हजार १ सय ५१ जना उपचाररत रहेका छन् । आइतबार ६७ गरी अहिलेसम्म १ हजार जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । अहिले क्वारेन्टाइनमा १ लाख ३३ हजार ८ सय २९ जना रहेका छन् ।

सुर्खेत र दैलेखमा थपिए ११० कोरोना संक्रमित, यस्तो छ विवरण 
सोमवार कर्णाली प्रदेशमा ११० जना कोरोना संक्रमित थपिएका छन् ।कर्णाली प्रदेश अन्तर्गत दैलेख र सुर्खेतमा गरी १ सय १० जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले जनाएको छ ।

योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमणको कूल संख्या १०७७ पुगेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र सुर्खेतमा रहेका पशुपंक्षी रोग अन्वेषण केन्द्रमा गरिएको परीक्षणमा दैलेखका ९१ जनामा कोरोनासंक्रमण पुष्टि भएको हो ।

यस्तै पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामै गरिएको परीक्षणमा सुर्खेतका १९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकाका ५ जनामा देखियो कोरोना संक्रमण
काठमाडौं उपत्यकामा थप ५ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौंका दुई पुरुष र दुई महिला रहेका छन् । भने ललितपुरको एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

ललितपुरकी एक महिलामा कोरोना पुष्टि
ललितपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा। डाक्टर जागेश्वर गौतमले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणका क्रममा ललितपुरकी एक महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार संक्रमित महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनी चिकित्सकको निगरानीमा रहेकी छन् ।

२४ घण्टामा थप ६७ जनाले जिते कोरोना
नेपालमा थप ६७ जनाले कोरोना संक्रमण जितेका छन् । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण जित्नेको संख्या १ हजार ४१ पुगेको हो ।आज कोभिड १९ अस्पताल जनकपुरबाट २४ जना पुरुष कोरोना संक्रमण जितेर घर फर्केका छन् । पाटन अस्पतालबाट ३ महिला र १ पुरुष गरी ४ जना डिस्चार्ज भएका छन् । त्यस्तै, काठमाडौंको बलम्बुबाट २ जना महिला डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा डाक्टर जागेश्वर गौतमले जानकारी दिए । त्रिवि शिक्षण अस्पताल काठमाडौंबाट १ जना महिला र १ जना पुरुष गरी २ जना डिस्चार्ज भएका छन् । प्रवक्ता गौतमका अनुसार कलैया अस्पतालबाट ६ जना पुरुष आज डिस्चार्ज भएका छन् । साथै, सप्तरीबाट १७ जना पुरुषले कोरोना संक्रमण जितेका छन् भने दाङबाट १ जना महिला र ११ जना पुरुष गरी १३ जनाले कोरोना संक्रमण जितेका छन् । कुल डिस्चार्ज भएका १ हजार ४१ जना मध्ये १ सय ४ जना महिला र ९ सय३७ जना पुरुष रहेका छन् ।

नुवाकोटमा थप ३ जनामा कोरोना पुष्टि
सोमवार नुवाकोटमा थप ३ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमण पुष्टि हुनेमा २ जना महिला र १ पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।यससँगै नुवाकोटमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ११ पुगेको छ । यसअघि सामाजिक विकास मन्त्रालय प्रदेश ३ ले २ जना ९६ वर्षीय बालिका र ३१ वर्षीया महिला० रहेको जनाएकोमा पछि थप १ जना गरि जम्मा ३ जनामा कोरोना पुष्टि भएको हो । उनीहरुको चितवनको भरतपुर अस्पतालमा गरिएको परीक्षणका क्रममा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

गण्डकी प्रदेशमा थपिए ६ जना कोरोना संक्रमित
गण्डकी प्रदेशको तनहुँ र नवलपरासी (बर्दघाट सुस्ता पुर्व) जिल्लामा गरी थप छ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज यहाँ जारी विज्ञप्तीमा तनहुँमा पाँच र नवलपरासीमा एक जना नयाँ सङ्क्रमित थपिएको जनाएको छ । हालसम्म गण्डकी प्रदेशमा सङ्क्रमितको सङ्ख्या २०५ पुगेको छ । तनहुँको घिरिङ गाउँपालिका स्थायी ठेगाना भई सोही गाउँपालिकाको क्वारेन्टिनमा रहेका पाँच जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

सङ्क्रमितहरु वर्ष ४५, २२, २७, २७, र ४६ का पुरुषहरु रहेकामा उनीहरुलाई शुक्लागण्डकी नगरपालिकामा रहेको जीपी कोइराला श्वासप्रश्वास केन्द्रको आइसोलेशन कक्षमा ल्याइएको निर्देशनालयका निर्देशक एवं प्रदेशमा कोरोना रोकथाम, नियन्त्रण एवं व्यवस्थापनका लागि गठित उच्चस्तरीय निर्देशक समितिका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

त्यसैगरी नवलपरासीको बौदीकाली गाउँपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टाइनमा रहेका वर्ष २० का एक जना पुरुषमा समेत सङ्क्रमण पुष्टि भएकाले उनलाई रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेशन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।

प्रदेशका हिमाल पारिका मनाङ र मुस्ताङ बाहेकका अन्य सबै जिल्लामा कोरोना फैलिएको छ । अहिलेसम्म स्याङ्जामा ६०, नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ४६, बागलुङमा ४०, पर्वतमा २६, गोर्खामा १५, तनहुँमा नौ, कास्कीमा पाँच, म्याग्दीमा तीन र लमजुङमा एक जना सङ्क्रमित छन् । कूल सङ्क्रमित मध्य नौ जना महिला छन् । सङ्क्रमित मध्य १६ जना विभिन्न अस्पतालमा उपचारपछि निको भएर घर फर्किएका छन् । एक जना सङ्क्रमितको भने मृत्यु भएको छ ।

सङ्क्रमितहरुको जिल्लास्थित अस्पतालमा उपचार भइरहेको छ । कालिका सामुदायिक अस्पतालमा स्याङ्जामा ५१, प्राकृतिक चिकित्सालय रजहरमा ३४, कोरोना अस्पताल पर्वतमा २५, धौलागिरि क्याम्पस आइसोलेशन वार्डमा १७, धौलागिरि अस्पतालमा ११, गोरखा अस्पतालमा १४, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सात, जीपी कोइराला श्वासप्रश्वास केन्द्रमा नौ, कोरोना अस्पताल भरतपुरमा पाँच, मध्यविन्दु अस्पताल नवलपरासी र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा चार÷चार र स्याङ्जा र बेनी अस्पतालमा तीन÷तीन जनाको उपचार भइरहेको छ ।

प्रदेशमा हालसम्म आठ हजार ४४३ जनाको पीसीआर विधिबाट कोरोना परीक्षणका लागि नमूना सङ्कलन ९स्वाब० लिइएकामा पाँच हजार ८६२ को नतिजा नेगेटिभ ९कोरोना नभएको० आएको छ । स्वाब लिइएकाहरु मध्ये दुई हजार ३८२ जनाको नतिजा आउन बाँकी रहेको बताइन्छ ।

 

पर्सामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा मदनकुमार उपाध्यायका अनुसार संक्रमित हुनेहरुमा पर्साका १० जना र १ जना रौतहटका रहेका छन् ।

भारतबाट फर्किएर क्वारेन्टाइनमा राखिएकाहरुको थ्रोट स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको डा उपाध्यायले रातोपाटीलाई जानकारी दिए ।

‘पर्साका १० जना संक्रमितमध्ये एक जना महिला र ९ जना पुरूषहरू रहेका डा उपाध्यायले जानकारी दिए ।

पर्साका संक्रमितहरु २६ वर्षदेखि ५६ वर्ष समूहका रहेका छन् । गत जेठ २६ मा उनीहरुको स्वाब संकलन गरिएको थियो ।
पर्साका १० जना संक्रमितमध्ये विन्दवासनी गाउँपालिकाको १ महिला र ८ जना पुरूष रहका छन भने पटेर्वासुगौली गाउँपालिकाको वडा नम्बर २ का १ जना रहेका छन् ।त्यसैगरी रौतहट गढीमाईका ३० बर्षका एक जना पुरूष रहेको डा उपाध्यायले जानकारी दिए । संक्रमितहरुलाई नारायणी अस्पताल अस्थायी विषेश करोना अस्पताल गण्डकको आइसोलेसन वार्डमा ल्याउने तैयारी भइरहेको छ । पर्सास्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Related Articles

Back to top button