लकडा’उन र निषे’धाज्ञामा निकुञ्ज सुरक्षामा चुनौ’ती, चार बर्षपछि तस्क’रले मारे दुर्ल’भ सिंगे गैंडा
चितवन, २३ भदौ । चितवन राष्ट्रिय निकुञ्जमा झण्डै चार बर्षपछि पहिलोपटक गो’ली लागेको अवस्थामा दुर्ल’भ सिंगे गैंडा मृ’त भेटिएको छ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार निकुञ्जको रातोपानी घोल भन्ने स्थानमा टाउकोमा दुई गो’ली लागको अवस्थामा गैंडा मृ’त भेटिएको हो । गैंडा घोलमा डुबेको अवस्थामा भेटिएको प्रमुख संरक्षण अधिकृत बरालले जानकारी दिए ।
निकुञ्जको गस्ती टोलीले भदौ २१ गते नै मृ’त गैंडा भेटेको थियो । गैंडा ५/७ दिन अगाडि मारेको हुनसक्ने निकुञ्जको अनुमान छ । गैंडाको पोष्ट’मार्टम गर्दा टाउ’कोमा गो’ली भने नभेटिएको प्रमुख संरक्षण अधिकृत बरालले बताए ।
मृ’त गैं’डाको खाग र खुर भने सुरक्षित छ। निकुञ्जमा २०७३ साल यता कुनै पनि गैंडा तस्करहरूले मार्न सकेका थिएनन् । लक’डाउन र निषेधाज्ञा लागेका बेला निकुञ्जमा सुरक्षा चु’नौती थपिएको निकुञ्जले जनाएको छ ।
चालू आर्थिक बर्षमा याेसहित चार गैंडा मृ’त भेटिएका छन् । तीन वटा काल’गतिले म’रेका थिए । गत आर्थिक वर्ष प्राकृतिक कारणले २६ गैंडा मरेका थिए ।