vada
News

नेपाली चलचित्र क्षेत्रमा अर्को शोक : निर्देशक छेतन गुरुङको निधन

चलचित्रका लेखक तथा निर्देशक छेतन गुरुङको निधन भएको छ । गुरुङको बुधबार बिहान २ बजे राजधानीको महाराजगञ्ज स्थित मेट्रो अस्पतालमा उपचारको क्रममा गुरुङको निधन भएको अभिनेत्री वर्षा शिवाकोटीले जानकारी दिइन् ।

४२ बर्षका गुरूङ लिभर समस्याका बिरामी थिए । अचानक बिरामी भएपछि सोमबार गुरुङलाई अस्पताल भर्ना गरिएको थियो ।

नोभेम्बर रेन, क्लासिक, ए मेरो हजुर ३’ जस्ता सफल चलचित्रको स्क्रिप्ट लेखिसकेका छेतन गुरुङ चलचित्र ‘डम्बरुको डण्डीवियो’ बाट निर्देशनमा होमिएका थिए ।

उनी निर्देशित नयाँ चलचित्र ‘प्रेमगीत ३’ प्रदर्शनमा आउन बाँकी छ । लकडाउनमा कारण यो चलचित्र प्रदर्शनमा आउन नसकेपछि उनी केही महिनायता चलचित्र ‘हुतुतु’ को तयारीमा थिए । यो चलचित्रको उनी आफैंले निर्देशन गर्दै थिए ।

Related Articles

Back to top button