डाक्टर बनेका विप्लवका छोरा भन्छन्- ‘सरकारी अस्पतालमा काम गर्छु’
काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्दले एमबिबिएस प्रमाण-पत्र परीक्षा उत्तीर्ण गरेका छन्। नेपाल मेडिकल काउन्सिलले लिएको परीक्षामा पास भएपछि उनी डाक्टर भएका हुन्। भदौ २३ गते रिजल्ट प्रकाशित हुँदा काउ न्सिलबाट पास भएको चन्दले बताए। उनले अघिल्लो दिन परीक्षा दिएका थिए। उनी चितवन मेडिकल कलेजमा पढेका हुन्।
तीन वर्षसम्म विषयगत पढाइ र एक वर्ष अभ्यास पूरा गरेपछि डाक्टरी सर्टिफिकेटका लागि मेडिकल काउन्सिलमा परीक्षा दिन पाइन्छ। उनीसँगैका साथीहरूले भने मंसिरमै जाँच दिएका थिए । चितवन मेडिकल कलेजको छात्रावास छेउमा पेस्तोल भेटिएको प्रकरणमा प्रहरीले ‘झमेला’ दिएपछि त्यसबेला उनले परीक्षा दिन पाएका थिएनन्। अब सर्टिफिकेटका लागि फारम भर्न लागेको उनले बताए।
‘मेडिकल काउन्सिलमा अनलाइन फारम भर्न पाइन्छ,’ चन्दले भने, ‘त्यसको तयारी गरिरहेको छु।’ उनका बुवा विप्लव सरकार विरू द्ध आन्दो लनरत् छन्। छोरा प्रकाशले भने सरकारी अस्पतालमा काम गर्ने इच्छा देखाएका छन् । एमबिबिएस उत्तीर्ण भए पछि काम खोज्न थालेको उनले बताए। तर, उनलाई निजीमा हैन, सरकारी अस्पतालमा काम गर्न मन लागेको छ।
‘सरकारी अस्पतालमा काम गर्न खोजिरहेको छु, कतै भेटिएला कि भनेर खोज्न थालेको छु, चन्दले भने। चन्दले एमडी गर्ने योजना बनाएका छन्। काम पनि गर्दै पढ्ने योजना रहेको उनले सुनाए। ‘सरकारी अस्पतालमा काम गर्दै बाँकी पढाइ पूरा गर्छु भन्ने सोचेको छु,’ उनले भने। उनी चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक हुन् । विद्यार्थीहरूबाट मेडिकल कलेजले च’र्को शुल्क उठाउन थालेपछि गठन भएको समितिको नेतृत्व गर्दै चन्दले देशव्यापी आ न्दोलन चर्काएका थिए। सोही आन्दोलनका कारण बढी शुल्क उठाउने मेडिकल कलेजहरू शुल्क फिर्ता लिन बाध्य भएका थिए।
विगत दुई वर्षदेखि मेडिकल कलेजमा सरकारले तोकेको भन्दा बढी शुल्क उठाएकोबारे आन्दोलन चर्किएको थियो। पछिल्लो समय चितवन मेडिकल कलेजबाटै उनले विद्यार्थीहरूलाई संगठित बनाएर आन्दोलन सुरू गरेका थिए। विद्यार्थी हकहितका लागि आफू संघर्ष रत् रहिरहने उनले बताए। ‘नेपालका निजी मेडिकल कलेजले विद्यार्थीबाट चर्को शुल्क उठाउने गरेका छन्, चिकित्सा क्षेत्रमा व्यापक विकृ ति छ, विकृ ति रोक्नका लागि मेरो संघर्ष जारी रहन्छ,’ उनले भने।