जब बिरा’मी बोकेको एम्बुलेन्स घण्टौँ हिलोमा फ’स्यो…
बुर्तिबाङ स्थित उत्तरगंगा माविका प्रधानाध्यापक ईश्वरीप्रसाद पौडेल केही दिनअघि अचा’नक बे’होस भई विद्यालय प्रां’गण मै ल’डे । स्वास्थ्य स्थिति ग’म्भीर बनेकाले उनलाई तुरुन्त सुविधायुक्त अस्पताल पु¥याउनुपर्ने थियो । साँझ छिपिइ सकेकाले तत्काल हेलिकप्टर बोलाउन सम्भव भएन। एम्बुलेन्समा राखेर पौडेललाई रातारात पोखरा हिँडाइयो।
वर्षात्ले क्षतविक्षत पारेको सडक त्यहीँमाथि रातको समय। बुर्तिबाङ–बागलुङ ९० किमि पार गर्न एम्बुलेन्सलाई घण्टौँ लाग्यो। घडीमा बिहानको ३ बज्दै थियो । एम्बुलेन्स बागलुङ नगरपालिका–३ बोक्से आइपुग्दा मध्यपहाडी लोकमार्गको हिलोमा ए’क्कासी फ’स्यो। एम्बुले न्सले हिलाम्मे सडक छिचोल्न सकेन। आक’स्मिक उपचारका लागि बि’रामी लिएर आएको एम्बुलेन्स तीन घण्टा त्यहीँ रो’कियो।
बिरा’मी लिएर आएका आफन्त अत्तालिए। बिरा’मीलाई बेलैमा अस्पताल पु¥याउन नसकिने हो कि भन्ने चिन्ताले पिरोलिए। पौडेलसँगै साथमा आएका निसीभूजी जनता क्याम्पसका अध्यक्ष चन्द्र अर्यालले प्रहरीलाई खबर गरे। बि’रामीको उद्धारका लागि बागलुङ बजारबाट अर्को एम्बुलेन्स पठाइयो। सोही एम्बुलेन्समा राखेर पौडेललाई सदरमुकाम ल्याइयो। त्यतिञ्जेल उज्यालो भइसकेको थियो।
पौडेललाई जतिसक्दो छिटो पोखरा पु¥याउनुपर्ने थियो। बोक्सेबाट उनलाई बोकेर ल्याएको एम्बुलेन्समा अक्सिजन थिएन। सोही कारण पौडेललाई झण्डै एकघण्टा थप स’कस भयो। पछि बुर्तिबाङबाटै आएको एम्बुलेन्सलाई हिलोबाट तानेपछि पुनः त्यसैमा राखेर उनलाई पोखरा लगियो। पोखरामा उपचार हुन नसकेपछि पौडेललाई भदौ १७ गते बेलुकीपख बल्ल हेलिकप्टरबाट काठमाडौँको मेडिसिटी अस्पताल पु¥याइयो।
‘सडकका कारण सारै दुः’ख पाइयो, गम्भीर अवस्थाको बि’रामी बोकेको एम्बुलेन्स घण्टौँसम्म हिलोमा फस्नु कस्तो बिडम्वना’, अर्यालले भने। यात्रामा निम्तिएको त्रास र जो’खिमबीच पौडेललाई काठमाडौँ पु¥याइएको उनको भनाइ छ। मस्ति’ष्कको नशासम्बन्धी सम’स्या बाट ग्र’सित भएका पौडेलको अहिले पनि सघन कक्षमा उपचार भइरहेको अर्यालले बताए। ‘स्वास्थ्य अवस्था सुधारोन्मुख छ, सामान्य मानिस चिन्ने, बोल्न सक्ने हुनुभएको छ’, उनले भने।
अस्पतालका वरिष्ठ न्यूरो सर्जन गोपालरमण शर्मासहित चि’कित्सक, स्वा’स्थ्यकर्मीको टोलीले म’स्तिष्कको शल्य’क्रिया गरेका थियो। स्तरीय सडक हुन्थ्यो भने पौडेललाई समयमै अस्पताल पु¥याउन सक्ने स्थिति हुन्थ्यो। यात्रा पनि सहज बन्थ्यो। बागलुङ–घो’डाबाँधे खण्डको बोक्सेमा यो वर्षायाममा मात्रै कैयौँपटक सडक अव’रुद्ध भयो। वर्षेनि खस्ने पहिराका कारण त्यहाँको सडक दुरावस्थामा पुगेको छ।
सदरमुकामसँग जोडिएको उक्त खण्ड मार्ग खुलेको २२ वर्ष पुग्न लाग्दासमेत कालोपत्र हुने सकेको छैन । कमेरे माटो र पानीको दलदलले बोक्सेमा सवारी चलाउन सहज छैन । लोकमार्गको बागलुङ तर्फ मात्र नभई पोखरा जोड्ने सडकमा पनि उस्तै सास्ती खेप्नुपर्ने स्थिति छ। जीर्ण सडक त्यहीँमाथि ठाउँठाउँमा पहिरा, खाल्डाखुल्डी र हिलोको अवरोधले लोकमार्गको यात्रा कष्टकर बन्ने गरेको छ।
सडकका कारण गम्भीर बिरा’मी घ’ण्टौँ बाटोमै रो’किनु दुः’खद् भएको बागलुङ–१ (क) का प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले बताए। लोकमार्गको दुर्द’शाले सर्वसाधारणसँग मुख देखाउन पनि लाज लाग्ने अवस्था भएको उनको भनाइ छ। ‘कयौँ पटक बैठक बसेर लोकमार्गको कामलाई गति दिने निर्णय भयो, तर अवस्था जहाँको त्यहीँ छ’, उनले भने, ‘हामीले जति प्रयास गर्दा पनि सकेनौँ।’
अझै केही समय सडक त्यही हालतमा रहने हो भने जनप्रतिनिधिलाई नागरिकले घेरा हाल्ने स्थिति आउने उनको भनाइ छ। बागलुङ–१का प्रतिनिधिसभा सदस्य सूर्य पाठकले निर्माण कम्पनीको लापरवाहीले लोकमार्गको त्यो स्थिति भएको बताए। उनले समयमा काम नगर्ने ठेकेदारलाई माथिबाटै कारबाही गरौँ भन्दा पनि नसकिएको बताए। पटकपटक ठेक्काको म्याद थपिँदा पनि निर्माण कम्पनीले काम नगरेको पाठकको आरोप छ।
जिल्लाको पश्चिमतर्फ अधिकांश खण्ड कालोपत्र भइसक्दा सदरमुकाम देखि घोडा बाँधेसम्मको २५ किमि सडक अझै कच्ची छ। वर्षामा हिलो र हिउँदमा धुलोको दुश्चक्रबाट त्यस क्षेत्रका स्थानीयवासीले मुक्ति पाउन सकेका छैनन्। वर्षायाममा त लोकमार्ग झन् ‘बेहाल’ देखिन्छ। पहिरा छल्दै, हिलो छिचोल्दै यात्रा गर्नुपर्छ। लोकमार्ग आयोजना र निर्माण कम्पनीले कालोपत्रको आश्वासन दिन थालेको वर्षौँ बितिसक्यो।
आयोजनाले काम ढिलो हुनुमा ठेकेदार कम्पनीमाथि दोष थोपर्दै आइरहेको छ। ठेकेदार कम्पनीले भने विभिन्न कारण देखाउँदै निर्माण कार्यमा ढिलासुस्ती गर्दै आएका छन् । बागलुङ बजारदेखि बिहुँसम्मको १३ किमिको ‘सिद्वीटाई कन्सट्रक्सन’ र ‘सूर्य कन्सट्रक्सन’ लाई घोडाबाँधेसम्मको बाँकी खण्ड निर्माणको जिम्मा छ। दुवै खण्डमा छिटपुट रुपमा सडक विस्तार, नाली, पर्खाल लगायतका पूर्वाधार तयारीका काम भएपनि ती पनि भत्किसकेका छन्।
अहिले फेरि न्यून संख्यामा कामदार निर्माणमा खटिएका देखिन्छन्। काम कहिले सकिन्छ कुनै टुंगो छैन । निर्माण कम्पनीले आउँदो वर्षसम्ममा कालो पत्र गर्ने आश्वासन पुनः दोहोराउन थालेका छन्। राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको १४२ कीमी दूरी बागलुङमा पर्छ। रासस