vada
News

आजै थपिए १२०२ नयाँ सं’क्रमित, १४ जनाको नि’धन !

काठमाडौं : पछिल्लो २४ घण्टामा १२०२ जनामा को’रोना भा’इरस (कोभिड-१९) सं’क्रमण पुष्टि भएको छ। यो सहित नेपालमा सं’क्रमितको संख्या ५३ हजार १२० पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। शुक्रबार १४ सय ५४ र बिहीबार मात्रै १२ सय ४६ जनामा सं’क्रमण देखिएको थियो। नेपालमा अहिले १५ हजार २६० को’रोनाका सक्रिय सं’क्रमित छन्।

यस्तै मन्त्रालयका अनुसार होम आइसोलेसनमा ६ हजार १५३ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ९ हजार १०७ जना रहेका छन्। क्वारेन्टाइनमा ६ हजार ३५४ जना रहेका छन्।पछिल्लो २४ घण्टामा ८५२ जना को’रोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ३७ हजार ५२४ पुगेको छ। यो डिस्चार्ज हुनेको ७० दशमलव ६ प्रतिशत हो।

यस्तै आइसीयूमा १६० जनाको उपचार भइरहेको छ भने २४ जना भेन्टिलेटरमा छन्। नेपालमा को’रोनाबाट हालसम्म ३३६ जनाको निधन भएको छ। शनिबार मात्रै १४ जनाको निध’न भएको छ।

Related Articles

Back to top button