vada
News

आरडीटी पोजेटिभले गरे आ’त्मह’त्या : रुखमा झु’ण्डिरहेको ला’शमुनि रु’वाबासी, रिपोर्ट नआइ ला’श नझारिने

बुटवल । अर्घाखाँचीमा आरडीटी पोजेटिभ देखिएका एक पुरुषले आ’त्मह’त्या गरेका छन् । शितगंगा नगरपालिकामा आरडीटी रिपोर्ट पोजेटिभ आएका पुरुषले गएराति आ’त्मह’त्या गरेका छन् । शितगंगा नगरपालिका–५ हरि माविको क्वारेन्टिनमा बसेका ४४ वर्षीय देवबहादुर विकले आ’त्मह’त्या गरेका हुन् । उनले साथीहरु निदाएपछि विद्यालय नजिक रहेको रुखमा झु’ण्डिएर आ’त्मह’त्या गरेका थिए । उनी अन्य दुईजना साथीहरु सँगै एउटै कोठामा बसेका थिए ।

क्वारेन्टाइन उनको गाउँमै भएकोले उनका परिवार घ’टनास्थल आइपुगेका छन् । लाशभुनि भुइँमा परिवारको रुवाबासी छ तर रिपोर्ट नआएका कारण लाश रुखमै झु’ण्डिरहेको अवस्थामा छ । अर्घाखाँचीको शितगंगा नगरपालिकाको वडा नं. ५ स्थित हरी माविको क्वारेन्टिनमा रहेका सोही वडाका ४३ वर्षीय पुरुषले बुधवार बिहानपख झु’ण्डिएर आ’त्मह’त्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । विहान ३ बजेतिर उनले आ’त्मह’त्या गरेका हुन् । आ’त्मह’त्याअघि उनले आफूसँगै रहेका दुईजनालाई समेत उठाएर शौचालय गएका थिए ।

शौचालयबाट फर्केपछि अन्य दुई जना सुते उनी फेरि फर्केर बाहिर गइ आ’त्मह’त्या गरे । गत जेठ १० गते भारतबाट आएर क्वारेन्टिन बस्दै आएका उनको आरडिटी परिक्षणमा को’रोना रिपोर्ट पोजेटिभ आएको भएपनि पिसिआर रिपोर्ट भने आएको छैन । जेठ २६ गते पिसिआर परीक्षणको लागि स्वाब संकलन गरी भैरहवा लगिएको थियो तर रिपोर्ट अझै आएको छैन । रिपोर्ट नआएका कारण ‘श’व रुखमै छ र रिपोर्ट नआउँदासम्म त्यहीँ राखिनेछ ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

Related Articles

Back to top button