vada
News

काेराेना लागेर मर्न पाएपनि हुन्थ्याे भनेकी बालिकाले गरिन देहत्याग

कक्षा – ६
वर्ष – ११

स्थायी ठेगाना- सुनापति गाउँपालिका-३, हिलेदेवी (आरूखर्क टाेल), रामेछाप

काेराेनाकाे महामारी भएपनि हिलेदेवीकाे श्री पशुपति उच्च माविले बारअनुसार कक्षा मिलाएर कक्षा सञ्चालन गरेकाे थियाे । कक्षा ६ मा पढ्ने मानसीकाे कक्षामा अलि धेरै विद्यार्थी भएकाले दिन बिराएर कक्षा हुने गर्दथ्याे । सधैँ झैं बिहीबार पनि उनी विद्यालय गइन् । अघिल्लाे दिन दिएकाे गृहकार्य सबैले झैँ उनले पनि शिक्षकलाई बुझाइन् । दिउँसाे २ बजेसम्म पढेर विद्यालयले दिएकाे गृहकार्यसहित उनी घर गइन् ।

विद्यालयका प्रधानाध्यपक तिलक कुमार बलका अनुसार उनी मध्यम खालकी विद्यार्थी हुन् । विद्यालयका अनुसार उक्त दिन पनि अन्य दिनजस्तै सामान्य अवस्थामा पढेर १० मिनेट नजिकैकाे घर गएकी थिइन् ।

घरभन्दा केही वर मामाघर पर्छ । जाँदाजाँदै मामाघरमा केहीछिन टिभी हेरिन् । मामाकी छाेरी पनि सँगै पढ्ने भएकाले दिदी-बहिनीले केहीबेर टिभी हेरे । त्यसपछि मानसी भने घर गइन् ।

खेती किसानी गर्ने बाबु कान्छा माेक्तान र आमा ढाेल्माे माेक्तान छाेरीलाई खाजा खान अह्राएर घरजनिकैकाे भैँसीगाेठ गए । त्यसाे त उनलाई पनि गाेठमा हिँड नभनेका हाेइनन् तर मानसीले टाउकाे दुखेकाे छ म खाजा पनि खान्न सुत्छु भनेपछि बाबु-आमा छाेरीलाई घरमै छाेडेर गाेठतिर लागे ।

छिमेकी बिमला ग्यापकका अनुसार मानसी कान्छा र ढाेल्माेकी दुई छाेरा दुई छाेरीमध्ये अलि पछि जन्मेकी कान्छी छाेरी थिइन् । दु:खै गरेर भएपनि बाबु-आमाले मानसीलाई लत्ताकपडादेखि खानपिन खाजादेखि लेख-पढकाे लागि कञ्जुस्याइँ गरेका थिएनन् ।

तर के भयाे के भयाे त्याे दिन गाेठधन्दा गरेर साँझ ६ बजेतिर बाबु-आमा घर पुग्दा कल्पनै नगरेकाे घटना देख्नु र भाेग्नु पर्‍यो । छाेरी मानसीलाई घरभित्र आमाकाे पछ्याैरामा दलिनमा झु ण्डि’एर मृत भइसकेकाे भेट्दा बाबु-आमा हाेस् हवासै उड्याे ।

न परिवारले गाली गरेकाे न कु’टपि’ट । न विद्यालयमा कुनै दबाब, न गृहकार्यकाे ।

त्यसाे त केही दिनदेखि बालिकाले भक्तपुरतिर जान पाएनि हुन्थ्याे । काेराेना लागेर मर्न पाएपनि हुन्थ्याे । म त मरेनी हुन्थ्याे जस्ता कुराहरू बाराम्बार गर्ने गरेकाे पारिवारिक स्राेतले जनाए । तर त्यस कुरालाई बाबु-आमा परिवारका सदस्यहरूले खासै वास्ता गरेनन् । केटाकेटी के-के साेच्छन् नि भन्ने लाग्याे सायद । यस्तो सोच किन आयाे, कसरी यस्तो आयाे त ?

शुक्रबार बिहानै जिल्ला प्रहरी रामेछापकाे टाेलीले मुचुल्का उठाएर मन्थली पुर्‍याएर पाेष्टमार्टम गरि परिवारका सदस्यहरूलाई साेधपुछ गर्दा त्यस्ताे कुनै अन्य आशंका गर्ने संकेत नमिलेकाे जिल्ला प्रहरी प्रमुख डिएसपी बसन्त पाठकले जानकारी दिए ।

बिहीबार विश्व देहत्याग राेकथाम दिवस मनाइरहँदा रामेछापमा एघार वर्षकी बालिकाले देहत्याग गर्न पुगिन् । याे त एउटा पछिल्लाे घटना मात्र हाे । वर्षमा कयाैँ बालबालिकाहरूले अनाहक र अन्जानमै ज्यान गुमाइरहेका हुन्छन् ।

Related Articles

Back to top button