vada
News

अनलाइनबाट आइफोन किन्न खोज्दा यसरी ठ’गिइन् समीक्षा जानकारीको लागी सक्दो शेयर गरौँ !

काठमाडौं। ओखलढुंगाकी समिक्षा पौडेलले फेसबुकमा एउटा विज्ञापन देखिन् । एप्पल स्टोर नामक फेसबुक पेजमा गरिएको उक्त विज्ञापनमा एप्पल कम्पनीका आइफोनहरु निकै सस्तामा पाउने उल्लेख गरिएको थियो । जहाँ आइफोन सिक्स एस प्लस नेपाली रुपैयाँ १८ हजारमै उपलब्ध बताइएकोे थियो । त्यसपछि उनले उक्त पेजमा म्यासेज गरी बुझ्दा पेज चलाउने व्यक्ति अमेरिकामा रहेको र नेपालसम्म ल्याउँदा त्यसको मूल्य २५ हजार पर्ने जानकारी पाइन् ।

निकै सस्तोमा आइफोन पाउने भएपछि उनले एउटा आइफोन अर्डर गरिन् । तर, उक्त पेज सञ्चालकले अर्डर गरेपछि १० हजार डिपोजिट गर्नुपर्ने बताए । समिक्षाले नेपाल ईन्भेष्टमेण्ट बैंकमा खाता रहेको प्रेम मुखियाको नाममा १० हजार रुपैयाँ डिपोजिट गरिन् ।

विहीबारसम्म फोन डेलिभर हुने भएपछि उनी नयाँ फोनको प्रतिक्षामा थिइन् । विहीबार उनलाई म्यासेजमार्फत फोन ईण्डिया आइपुगेको जानकारी आयो । तर, फोन भन्सारमा अ’ड्किएकाले १५ हजार तिरेपछि मात्र नेपाल आउने बताउँदै उनीसँग थप १५ हजार मागियो । त्यसपछि समिक्षालाई शं’का लाग्यो ।

उनले पैसा नपठाउने बताइन् । पेज सञ्चालकले फोन ईण्डिया आइसकेको र भन्सार महशुल ति’रेपछि फोन आफ्नो हातमा आउने भन्दै निकै द’बाब दिएपछि हिमाल रेमिटमार्फत मोरङ जिल्लाका दिनेश घिमिरेको नाममा पैसा पठाइन् ।
दुई घण्टापछि सोही पेजबाट फेरी अर्को म्यासेज आयो, जहाँ फोन नेपाल आइसकेको बताइएको थियो । तर, फेरी पनि नेपालको एरपोर्टमा भन्सार ति’र्नुपर्ने भन्दै थप ३० हजार मागियो।

त्यसपछि समिक्षाले आफू एयरपोर्टमा आउने र बाहिर भेटेर ३० हजार दिने बताइन् । तर, उताबाट बाहिर आउन नमिल्ने म्यासेज आयो । बारम्बार पैसा माग्न थालेपछि समिक्षालाई आफू ठ’गिएको स्पष्ट भयो ।

अन्तमा समिक्षाले न त आइफोन नै पाइन्, न त आफूले पठाएको २५ हजार फिर्ता नै पाइन् । एप्पल स्टोर नामक उक्त पेज अहिले पनि सञ्चालनमा छ ।

यो नेपालीले नै चलाएको पेज हुन सक्ने समिक्षा बताउछिन् । पेज सञ्चालकहरुले डेलिभरी ब्वाई बताएका एक व्यक्तिले १३०५९४६१७५२ नम्बरबाट अझैपनि कुरा गरिहेका छन् ।
यो नम्बर अमेरिकाको हो । पछिल्लो समय फेसबुक पेजमा सस्तोमा सामग्री उपलब्ध गराउने बताउँदै ठ’गी गर्ने गि’रोहको बि’ग’बिगी छ ।

Related Articles

Back to top button