vada
News

क्वारेन्टाइनमा आत्महत्या गरेका पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ

काठमाडौं । अर्घाखाँचीको एक क्वारेन्टाइनमा आत्महत्या ४३ वर्षीय पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ ।

जिल्लास्थित शितगंगा नगरपालिका वडा नं ५ मा रहेको हरी माविको क्वारेन्टाइनमा रहेका सोहि वडाका ४३ वर्षीय पुरुषले बुधवार विहानपख झुण्डिएर आत्महत्या गरेका थिए ।

प्रहरीका अनुसार बिहान बुधवार बिहान ३ बजेतिर त्यहि क्वारेन्टाइनमा रहेका अन्य दुईजनालाई उठाइ उनी शौचालय गएका थिए । फर्किएर आइ अरु साथीहरु सुतेपछि उनले आत्महत्या गरेका थिए ।

उनी गत जेठ १० गते भारतबाट आएर क्वारेन्टाइनमा बस्दै आएका थिए । उनको आरडिटी परीक्षणमा कोरोना पोजेटिभ देखाएको थियो । भने पीसीआर रिपोर्ट नआउँदै उनले आत्महत्या गरे ।

प्रहरीले दिएको जानकारीअनुसार क्वारेन्टाइन नजिकै रहेको खनियाको बोटमा आफ्नै ओछ्यानमा विच्छाएको तन्नाले पासो लगाएर झुण्डिएर मरेको अवस्थामा फेला परेको थिए ।

उनको गत जेठ २६ गते पीसीआर परीक्षणका लागि स्वाब संकलन गरि भैरहवा लगिएको थियो ।

बुधबार एकै दिन अर्घाखाँचीका ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्लाका विभिन्न स्थानमा गरिएको स्वाब परीक्षणमा ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ । त्यससँगै अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या १ सय १० पुगेको छ ।

Related Articles

Back to top button