vada
News

आरडिटी नेगेटिभ आई क्वारेन्टाइनबाट फर्काइएका युवकको निधन

दार्चुला । दार्चुलामा क्वारेन्टाइनबाट घर पठाइएका एक युवकको मृत्यु भएको छ ।

जिल्लाको मार्मा गाउँपालिकास्थित लटिनाथ मावि र स्कोटको क्वारेन्टाइनबाट फर्काइएका २१ वर्षीय युवकको मृत्यु भएको स्रोतले जनाएको छ ।

भारतको बंगलोरबाट घर फर्किएका मार्मा गाउँपालिका ३ का ती युवकलाई एकदिन मात्र क्वारेन्टाइनमा राखिएको थियो ।

गौरीफन्टा नाका भएर जेठ २९ गते मार्माको लटिनाथ पुगेका थिए । उनको बिहीवार राती निधन भएको हो ।

स्रोतका अनुसार उनी मानसिक रुपमा अस्वस्थ्य रहेको समेत बुझिएको छ । उनको आरडिटी परीक्षणका क्रममा भने रिपोर्ट नेगेटिभ आएको थियो ।

हल्का ज्वरो देखिएका उनलाई परिवारले उपचार गर्ने भन्दै घर लगेका थिए।

कोरोना संक्रमणको आशंकामा उनको स्वाब संकलन गरी बिहीवार राति नै धनगढी प्रयोगशाला पठाइएको स्रोतले जनाएको छ ।

Related Articles

Back to top button