News
लगातार बढ्दै सुनको मूल्य आज पनि ह्वात्तै बढ्यो , यस्तो छ आजको मुल्य
काठमाडौं । साताको तेस्रो दिन मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबार सुनको मूल्य प्रतितोला ९६ हजार ९ सयमा कारोबार भएकोमा सुनको मूल्य आज तोलामा ६ सयले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रहेको छ भने तेजावी सुनको मूल्य ९७ हजार रहेको जनाएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला १३२० मा कारोबार भएकोमा आज तोलामा २० रुपैयाँ बढेर १३४० कायम गरिएको महासंघले जनाएको हो ।