महान चाड दशैँ नजिकिँदै गर्दा एकाबिहानै सरकरले दियो सारा नेपालीलाइ खुसि ….
काठमाडौं : सरकारले असोज १ गतेदेखि लामो दूरीको यातायात सञ्चालन गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लामो दूरीका सवारी साधन असोज १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए। लामो दूरीका सवारी साधनले स्वास्थ्य मापदण्ड पूरा गरेर ५० प्रतिशत मात्र यात्रु बोक्न दिने निर्णय सरकारले गरेको छ। भाडा भने ५० प्रतिशत बढी लिन पाउने गरी निर्णय भएको मन्त्री ज्ञवालीले जानकारी दिए।
यात्रुले अनिवार्य मास्क लगाउनुपर्नेछ भने गाडीभित्र र ढोकामा स्यानिटाइजर अनिवार्य रुपमा राख्नुपर्नेछ। सवारी साधन सञ्चालन सम्बन्धी थप मापदण्ड भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बनाउने छ।
त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा एमसीसीबारे उठेका प्रश्नको उत्तर दिने क्रममा ‘ट्रक, पानीजहाज वा रेलमा बिजुली पठाउन नसकिने’ बताएका थिए। उनको तात्पर्य थियो ‘बिजुली एक ठाउँबाट अर्को ठाउँमा पुर्याउन प्रसा रण नै चाहिन्छ, अर्को कुनै बिकल्प छैन’ । हालसम्म विश्वभर ट्रान्समिसन लाइनबाट नै बिजुली एक ठाउँबाट अर्को ठाउँमा पठाइने गरिएको छ ।
तर न्युजिल्यान्डको एउटा स्टार्टअप कम्पनीले भने प्रसारण लाइन बिनानै बिजुलीलाई एक ठाउँबाट अर्को ठाउँमा लैजान सकिने प्रविधिको विकासमा सफलता प्राप्त गरेको जनाएको छ। ‘इमरोड’ नामको स्टार्टअप कम्पनीले विश्व कै पहिलो तार बिनाको प्रसारण लाइन प्रविधि विकास गरेको हो । यो प्रविधिबाट तार बिना नै लामो दुरीसम्म बिजुली पठाउन सकिने कम्पनीले जनाएको हो ।
न्युजील्याण्डको बिजुली वितरण गर्ने दोस्रो ठुलो कम्पनी ‘पावरको’ ले यो प्रविधिको परिक्षण गर्ने भएको हो । ‘इमरोड’ले हाल ‘पावरको’को लागि परिक्षणको लागि तयार पारिरहेको सिस्टमले केहि किलोवाट बिजुलीमात्र ट्रान्सफर गर्न सक्ने जनाएको छ। तर यहि प्रविधिबाट बिना तार जति पनि बिजुली , जति पनि दुरीमा पठाउन सकिने कम्पनीको दाबी छ ।