vada
News

अनशनरत यी महान डा. केसी भो’कभो’कै बि’रामी जाँच्दै, [उहाँको सम्मान स्वरुप एक शेयर गरौँ]

सुर्खेत । आइतबारदेखि आमरण अनशनरत डा गोविन्द केसी मन्दिरमै बि’रामी जाँच्न थालेका छन् । जुम्ला चन्दननाथ नगरपालिका ६ रानिचौरमा रहेको बाबिरा मष्टोको (थान) मन्दिर परिसरमा बसेर १९ औँ पटक सत्याग्रह सुरु गरेका डा केसी भो’कभो’कै बि’रामी जाँच्न थालेका हुन् ।

चिकित्सा शिक्षामा सुधारको माग राख्दै आमरण अनशन बसेका डा केसीले भने, ‘मेरा माग पुरा नभए बरु म’र्न तयार छु। तर अनशन तो’ड्ने छैन। मेरो अन्तिम सास रहुन्जेल अनशनमै बि’रामीको सेवा गर्छु ।’ केसी मन्दिरमा अनशन बसेको थाहा पाएपछि स्थानीय वासी त्यही पुगेर आफ्नो स्वास्थ्य स’मस्या देखाउन थालेका छन् ।

आफ्नो ज्यानको प्रवाह नगरी मन्दिरमा अनशनरत डा केसीले आफू भोकै बसेर नागरिकको स्वास्थ्य अवस्थाबारे देखाएको चासोप्रति स्थानीयले प्रशंसा गरेका छन् । डा केसीका समर्थकले उनको माग पूरा गर्न सरकारलाई जस्तोसुकै द’बाब दिन तयार भएको बताएका छन् । नेपालीको निःशुल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितता गर्न र सरकारको लुटतन्त्रवि’रुद्ध सत्याग्रह सुरु गर्नु परेको उनको भनाइ छ ।

यसअघि १६ औँ पटक जुम्लामा सत्याग्रह बस्दा २०७५ साउन १० गते आफूसँग भएको सम्झौता अनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरिनुपर्ने लगायतका माग राखेर डा केसीले अनसन सुरु गरेका हुन् । पहिलाको स’त्याग्रहका बेला गरिएका सम्झौता अहिलेसम्म पनि सरकारले कार्यान्वयन नगरेकाले आफू फेरि अनशन बस्न बा’ध्य भएको डा केसीले बताए । उक्त समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

Related Articles

Back to top button