vada
News

विद्युतीय गाडी दिगो ‘इ८’ को बुकिङ सुरु, एक किलोमिटर गुडाउँदा १ रुपैयाँ ११ पैसा मात्र खर्च

काठमाडौं : दिगोले नेपालमा आफ्नो विद्युतीय सिटी कार दिगो इ८ को बुकिङ सुरू गरेको छ । दिगो इ८ को १५.२ किलो वाट आवर लिथियम आइरन फस्फेट ब्याट्रीले फुल चार्जमा नर्मल अपरेटिङ कन्डिसनमा १५० किलो मिटर माइलेज दिने कम्पनीले जनाएको छ। यसमा थ्री फेज एसिंक्रोनस मोटर छ जसले १८० एनएम टर्क र उच्चतम १५ किलोवाट पावर जेनेरेट गर्छ।

यो कार ३ किलोवाटको चार्जरका साथ आउँछ, जसलाई घर वा कार्यालयमा सजिलै चार्ज गर्न सकिने कम्पनीले जनाएको छ। दिगो इ८ को ‘हिल असिस्ट फिचरले ओरालो बाटोमा गाडीलाई पछि हट्नबाट रोक्छ। त्यस्तै यसमा ब्रेकिङका बेला उत्पन्न हुने काइनेटिक इनर्जीलाई इलेक्ट्रिकल पोटेन्सियल इनर्जीमा बदल्दै प्रतिचार्ज माइलेज बढाउन रिजेनेरेटिभ (पुनरुत्पादक) ब्रेकिङ प्रणाली उपयोग गरेको छ।

सामान्य ड्राइभिङ कन्डिसनमा दिगो इ८ लाई एक किलोमिटर गुडाउँदा १ रुपैयाँ ११ पैसाको बिजुली खपत गर्ने कम्पनीको दावी छ । इ ८ मा पावर विन्डो, पावर स्टेरिङ, एडजस्टेबल हेडरेस्ट, सेफ्टी बेल्ट, एयर कन्डिसनिङ, युएसबी चार्जर, सिग्रेट लाइट, साइड इन्डिकेटरसहितको इलेक्ट्रिक ओआरभिएम लगायतका फिचर्स रहेका छन्।

इ८मा रातिको समयमा राम्रो खालको प्रकाश दिने ठूला हेडल्याम्प र दिउँसोको लागि शानदार एलइडी ल्याम्प दिइएको छ। त्यस्तै यसमा रहेको डुअल–टोन डाइमन्ड कल अलोए ह्विलले यसलाई स्पोर्टी लुक्स दिएको छ। दिगो इ८ को लक्ष्य यात्राको लागि आरामदायी तर मोटरसाइकलको भन्दा कम सञ्चालन खर्चमा गुड्ने कार दिँदै नेपालको अटो उद्योगको नियमलाई पुनः परिभाषित र पुनस्र्थापित गर्नु रहेको दिगोका सिइओ हेमन्त पुरानिकले बताए।

Related Articles

Back to top button