vada
News

८ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने पक्राउ

काठमाडौं । कन्चनपुरमा ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । कन्चनपुरको भिमदत्त नगरपालिका-१० सुकासाल बस्ने बैतडी मेलौली घर भएका २१ वर्षीय बीरेन्द्र दयाललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

ती बालिकालाई बिहीबार जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

Related Articles

Back to top button