vada
News

पहिलो चार्टड बिमानमार्फत संयुक्त अरब एमिरेट्स यूएईको दुबईबाट नेपाल फर्किएका एकसय एक जना महिलामध्ये ९४ जना गर्भवती छन् ।

पहिलो चार्टड बिमानमार्फत संयुक्त अरब एमिरेट्स यूएईको दुबईबाट नेपाल फर्किएका एकसय एक जना महिलामध्ये ९४ जना गर्भवती छन् ।

नेपाल एयरलाइन्सको आरए २२९२ नम्बरको न्यारोबोडी जहाजको त्यही उडानमार्फत ४७ जना पुरुष पनि नेपाल फर्किएका छन् र ब्रेन ट्युमरका कारण ज्यान गुमाएका सिन्धुपाल्चोकका पेमा नुर्बु यल्मोको शव पनि नेपाल ल्याइएको छ।

नेपाल फर्किएका सबै जना दूतावासको फारम भरेर प्राथमिकतामा परेका नागरिक हुन् ।

नेपाल आएका ९४ जना गर्भवतीमध्ये २७ जनाका श्रीमान् पनि साथमै नेपाल फर्किएका छन् भने बाँकी यूएईमै कार्यरत रहेको र भिजिट भिसामा श्रीमान् भेट्न यूएई पुगेकाहरु हुन् ।

नेपाल फर्किएका थप १० जना बिभिन्न रोगका कारण बिरामी छन् भने १० जना रोजगारदाता भागेपछि अलपत्र नेपाली श्रमिक रहेका दूतावासले जनाएको छ । फर्किनेमध्ये ३ जना जेष्ठ नागरिकसमेत रहेका छन् ।

त्यही विमानमा एक जनाको शव पनि नेपाल पठाइएको छ ।

गएको चैत २८ गते यूएईको फुजेराहमा ब्रेन ट्युमरका कारण ज्यान गुमाएका सिन्धुपाल्चोकका पेमा नुर्बु यल्मोको शव नेपाल पठाइएको नेपाली दूतावासकी श्रम काउन्सिलर निर्मला थापाले जानकारी दिनुभयो ।

Related Articles

Back to top button