vada
News

लकडाउनका बेला यात्रुसँग बढी भाडा लिएर काठमाडौं आएका चार बस नियन्त्रणमा

लकडाउनकै समयमा बढी भाडा लिई नेपालगन्ज र झापाबाट काठमाडौं आएका चार वटा बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

ट्राफिक प्रहरी र जनपथ प्रहरीको संयुक्त टोलीले विभिन्न मितिमा बढी भाडा असुल गरी काठमाडौं यात्रु ल्याउने चार वटा सार्वजनिक बसलाई नागढुङ्गाबाट नियन्त्रणमा लिएको हो।

नेपालगञ्जबाट आएका बा ४ ख ७३६३, ना ७ ख ५३९५ नम्बरको बस, बा ४ ख ४५८० नम्बरको हायस तथा झापाबाट आएको ना ५ ख ५८३४ नम्बरको बसलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

साथै ती बसका चालकहरु क्रमशः विकाश शर्मा, राहुल डगर, राकेश शाक्य र रूद्र बहादुर घर्तीलाई पनि नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी बामदेव गौतमले जानकारी दिए।

उनीहरूले मौकाको फाइदा उठाई सार्वजनिक बसहरूमा विना पास बढी भाडा लिई काठमाडौं भित्र्याउँदै गरेको पाइएको प्रहरीले जनाएको छ।

Related Articles

Back to top button