vada
News

गोलाबारीमा गुल्मी जिल्ला छत्रकोट गाउँपालिका-५, खर्ज्याङका नेपाली गोर्खा सैनिक दीपक कार्की मारिएका छन्।

गलवान उपत्यकामा गएको हप्ताको सोमबार (जुन १५) राति भएको भिडन्तपछि भारत र चीनबिच उत्कर्षमा पुगेको तनाव समाधानका लागि कूटनीतिकसँगै सैन्य तहमा पनि वार्ता भइरहेको छ ।

गलवान उपत्यकाको सीमा क्षेत्र वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भएको भिडन्तमा २० भारतीय सैनिकको ज्यान गएको थियो । सो भिडन्तका लागि चीनले भारत जिम्मेवार रहेको बताएको छ । यस्तै भारतीय पक्षले भने आफ्ना सैनिकले एलएसी पार नगरेको बताए पनि प्रधानमन्त्री नरेन्द्र मोदीले त्यससँग बाझिने अभिव्यक्ति दिएका छन् ।

दुवै देशले तनाव समाधानका लागि वार्ता र शान्तिकै मार्ग अपनाउने बताइरहेका बेला सोमबार भारत र चीनका उच्च सैनिक अधिकारीबिच वार्ता भएको इन्डियन एक्सप्रेसले जनाएको छ । तनाव कम गर्ने उपायको खोजिमा भारतीय सैनिकका लेफ्टिनेन्ट जनरल हरिन्दर सिंह र उनका चिनियाँ समकक्षीबिच सोमबार लगातार १० घण्टा वार्ता भएको जनाइएको छ ।

उच्च सैनिक तहमा भएको यो दोस्रो वार्ता हो । यसअघि जुन ६ (भिडन्त पूर्व) दुई पक्षका सैनिक अधिकारीबिच शान्तिपूर्ण रुपमा तनाव कम गर्ने सहमति भएको थियो । सोमबार अबेर रातिसम्म भएको वार्ता सकारात्मक रहेको र आर्मी प्रमुखसँग परामर्शपछि थप छलफल अघि बढ्ने जनाइएको छ ।

गलवान उपत्यकाको सीमा क्षेत्र वास्तविक नियन्त्रण रेखा (एलएसी) मा गएको सोमबार (जुन १५) राति भएको भिडन्तमा दुई चिनियाँ सैनिक पनि मारिएको पुष्टि भएको दाबीसहितको खबर भारतीय सञ्चारमाध्यमले प्रकाशित गरेका छन् ।

कूटनीतिक तथा सैन्य स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले चीनको पिपुल्स लिवरेशन आर्मी (पिएलए) का कमाण्डिङ अधिकृतसहित दुईजनाको ज्यान गएको दाबी गरेका हुन् ।

हिन्दुस्तान टाइम्स, टाइम्स अफ इन्डियासहितले गलवान उपत्यकामा भएको भिडन्तमा दुई चिनियाँ सैनिक मारिएको जानकारी नाम बताउन नचाहने स्रोतले जानकारी दिएको उल्लेख गरेका छन् । तर चिनियाँ पक्षले भने आफ्नो तर्फ भएको क्षतिबारे केही बताएको छैन ।

चीनले अहिलेसम्म आफ्ना कुनै पनि सैनिक मारिएको भन्ने औपचारिक रुपमा पुष्टि गरेको छैन । सो भिडन्तमा भारतीय सेनाका एक उच्च अधिकारीसहित २० जनाको ज्यान गएको थियो ।

यस्तै चीनले नियन्त्रणमा लिएका १० भारतीय सैनिकलाई चीनले गएको बिहीबार रिहा गरेको भारतीय सञ्चारमाध्यमले बताएका थिए । सीमामा भएको भिडन्तपछि उत्पन्न तनाव कम गर्नका लागि भारत र चीनका उच्च सैनिक अधिकारीबीच वार्ता भइरहेका छन् ।

यस्तै पाकिस्तानी सेनाले गरेको गोलाबारीमा गुल्मी जिल्ला छत्रकोट गाउँपालिका-५, खर्ज्याङका नेपाली गोर्खा सैनिक दीपक कार्की मारिएका छन्। सोमबार बिहान ५ः३० बजे पाकिस्तानी सेनाले गरेको गोलाबारीमा गम्भीर घाइते भएका कार्कीको केही घण्टापछि मृत्यु भएका हो। उनी जम्मु कास्मीरको रजौरी जिल्लाको नौशेरा सेक्टरमा तैनाथ थिए। कार्की ३/५ गोरखा राइफल्समा हवल्दार पदमा थिए।

भारतीय सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नेल देवेन्द्र आनन्दले यसबारे जानकारी गराएका छन्। प्रवक्ता आनन्दले भनेका छन्, ‘हवलदार दीपक कार्की एक बहादुर र इमान्दार सिपाही थिए’, ‘उनको सर्वोच्च त्याग र कर्तव्य र समर्पणका लागि राष्ट्र उनीप्रति सदैव ऋणी रहनेछ।’

भारतीय गोरखा रेजिमेन्टमा रहेका नेपालीहरू पाकिस्तान र चीनको सीमा क्षेत्रमा तैनाथ हुँदै आएका छन्। पटक पटक भएका यस्ता झडपमा नेपाली मारिएका छन्।

 

Related Articles

Back to top button