vada
News

बस्ती-बस्तीमा मेयर, स्वरोजगार हुन चाहनेलाई बिना धि’तो ऋ’ण ! यस्तो छ व्यवस्था !

बागलुङ (रासस) । बागलुङ नगरपालिकाले सोमबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा को’रोना भा’इसरका कारण गु’मेको रोजगारी सिर्जन गर्ने देखि मर्कामा परेका व्यावसायीको कर छुट गर्ने सम्मका योजना ल्याएको छ । नगरसभामा नगरप्रमुख जनकराज पौडेलले बस्ती–बस्तीमा मेयर कार्यक्रमदेखि स्वरोजगार हुन चाहनेलाई बिना धितो ऋ’णसम्मका नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो।

नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७÷७८मा को’रोना भा’इरसको नियन्त्रणका लागि विशेष भूमिका निर्वाह गर्ने, रोजगारी गुमाएर स्वदेश फर्केकालाई रोजगारी सिर्जना गर्ने, स्वास्थ्य र शिक्षालाई गुणस्तरीय बनाउँदै लैजाने योजना अगाडि सारेको छ । कोभिड १९– ले समस्यामा परेका व्यावसायीले नगरपालिकालाई चालु आर्थिक वर्षमा ति’र्नुपर्ने व्यावसायिक करमा २५ प्रतिशत छुट दिइनेछ ।

यस्तै विपन्न परिवार पहिचान गरी उनीहरुलाई रोजगारी सिर्जना गरी आयस्तर वृद्धिका कार्यक्रम सञ्चालन गरिने, जो’खिमपूर्र्ण रुपमा काम गर्ने म’जदूरका लागि जो’खिम राहत कोषको व्यवस्था गरिने नगरपालिकाको कार्यक्रममा उल्लेख छ । नसर्ने रो’गका विरु’द्ध जाग रण तथा हरेक वार्डमा स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गर्ने, अति विपन्न, सिमान्तकृत समुदायलाई निःशुल्क स्वास्थ्य बीमाको कार्यक्रमलाई निरन्तरता दिने, बागलुङका सबै भाषा, धर्म, संस्कृतिलाई संंरक्षण तथा प्रवद्र्धनका लागि विशेष कार्यक्रम लागू गर्न नगरपालिका का प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।

नगरपालिकाले भूमि बैंक स्थापना गरी विपन्न एवं रोजगार गुमेकालाई उत्पादन क्षेत्रमा लगाउने, बाँझोजग्गा राख्नेलाई थप कर लगाउने, नगरपालिकाको आर्थिक लगानीमा कृषि, तरकारी सङ्कलन तथा बिक्री केन्द्र ९हाट बजार० व्यवस्थित रुपमा सञ्चालनलाई निरन्तरता दिने कार्यक्रममा उल्लेख गरेको छ ।

शैक्षिक प्रशासन लाई सुदृढ गर्न नगर शिक्षा नियमावली जारी गरी शैक्षिक सुधार र गुणस्तर सुधार गर्ने, शैक्षिक पहुँच सुनिश्चितता, अनौपचारिक तथा वैकल्पिक शिक्षा कार्यक्रम लागू गर्ने, कोभिड १९– को प्रभावका कारण नियमित विद्यालय सञ्चालन हुन नसकेकाले रेडियो, टेलिभिजन तथा अनलाइनको माध्यमबाट भर्चुअल कक्षा सञ्चालन गर्ने कार्यक्रम नगरपालिकाले अगाडि बढाएको छ ।

को’रोना भा’इरस रोकथाममा अधिकतम प्रयास गर्ने, कृषि पेशामा आवद्ध किसानको पहिचान गरी किसानलाई किसान परिचयपत्र वितरण गर्ने, पर्यटकीयस्थलको रुपमा विकास भएका गन्तव्यको विकास र प्रचारप्रसारमा आवश्यक पहल गर्ने, नगरपालिका कार्यलयबाट प्रदान गरिने सेवालाई प्रविधिमैत्री बनाउने तथा सम्पूर्ण निर्माणका कामलाई तीव्रता दिइने नगरपालिका प्रमुख जनकराज पौडेलले जानकारी दिनु भयोे । सहकारी शिक्षालाई प्रवद्र्धन गर्ने र एक सहकारी एक उत्पादनको नीतिलाई अगाडि बढाउने बताइएको छ । नगर पालिकाले आगामी वर्ष को’रोनालाई मुख्य प्राथमिकतामा राखी करिब रु ९५ करोडको बजेट ल्याउन लागेको नगरपालिकाले जनाएको छ ।

प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।

प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।

प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।

प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।

प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।

प्याज र अण्डाको सेतो भाग : अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् ।

यसलाई आधा घण्टासम्म कपालमा लगाएर शेम्पु लगाएर नुहानुहोस् । प्याजको रसबाट बनेको हेयरप्याकको प्रयोगले सजिलै कपाल लामो र चमकदार बनाउछ । साथै, कपाल झर्ने समस्या पनि कम हुन्छ । तर, याद गर्नुहोस् एकपटकमा एउटा उपाय मात्र प्रयोग गर्नुहोस् ।

Related Articles

Back to top button