vada
News

प्रहरी प्रतिवेदन : अंगिरा पासी दलित भएकै कारण विरेन्द्रले जबरजस्तीकरणी गरेर मृत्युको मुखमा पुर्याएको

रुपन्देही देवदहकी १३ वर्षीया बालिका अंगिरा पासीको कथित तल्लो जात भएकै कारण जबरजस्तीकरणी गरि घटना घटाइएको प्रहरी अनुसन्धानले देखाएको छ ।

रुकुम हत्या काण्डविरुद्ध चर्किदै आन्दोलन : यस्ता छन् संघर्षका कार्यक्रमहरु

पानी, प्रेम र बिहे अस्वीकार, तर दलितका छोरीमाथि बलात्कार

देवदहकी किशोरीको ‘बलात्कारपछि हत्या’

Angira pasiप्रहरी अनुसन्धानमा देवदह ११ का २५ वर्षीय कोइला भन्ने विरेन्द्र भरले जेठ ९ गते जबरजस्तीकरणी गरेको, त्यसपछि विरेन्द्र सहित उनका आमा र सानीआमाले जातीय विभेद गरि अंगिरालाई मृत्युको मुखसम्म पुर्याएको अनुसन्धानमा फेला पारेको छ । प्रहरी अनुसन्धानमा कथित माथिल्लो जातको केटा भएकै कारण विरेन्द्रले अंगिरामाथि पटक पटक जबरजस्तीकरणी गरेको समेत देखिएको छ ।

जेठ १० गते जनप्रतिनिधि र समाजका अगुवाहरूले १३ वर्षीय बालिकालाई जबरजस्ती करणी गर्ने कोईला भन्ने २५ वर्षीय विरेन्द्र भरलाई कारवाहीको सट्टा जिम्मा लगाइदिएका थिए । कथित तल्लो जात (दलित) भएकाले घर लैजान नमानेका विरेन्द्र र उनकी आमा अकाली भरले तल्लो जात भन्दै कुटपिट गरेको केहि घन्टामै रोहणी नदी किनार छेउको रुखमा झुन्डिएको अवस्थामा अंगिराको शव भेटिएको थियो । तल्लो जात भएकाले विरेन्द्र र उनको परिवारलाई केटीलाई अस्विकार गरेको, समाजले समेत केटाको जिम्मा लगाएपछि बाध्य भएर मृत्यूको रोज्न पुगेको प्रहरीले तयार पारेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

पोष्टमार्टम रिर्पोटले आत्महत्या देखाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक खड्क बहादुर खत्रीले बताए । परिवारले हत्याको दावी गरेको भएपनि अनुसन्धानका क्रममा आत्महत्या देखाएको उनको भनाई छ । तर, अंगिरामाथि जबरजस्तीकरणी, जातीय भेदभाव र आत्महत्या गर्ने अवस्थासम्म पुर्याउने गरि अपराध भएको प्रहरीले बताएको छ । इलाका प्रहरी कार्यालय बुटवलका डिएसपि प्रतित सिंह राठौरले प्रहरी अनुसन्धानमा गम्भिर प्रकृतिको अपराध देखा परेको बताए ।

प्रहरीले अनुसन्धान प्रतिवेदन आईतबार सरकारी वकिललाई बुझाएको छ । सरकारी वकिल कार्यालयले जबरजस्तीकरणी, जातीय छुवाछुत र आत्महत्या दुरात्साहन गर्ने मुद्धाको अभियोगपत्र जिल्ला अदालत रुपन्देहीमा पेश गरेको छ । जिल्ला अदालतमा आरोपितहरूको बयान लिनेक्रम मंगलबारबाट शुरु भएको छ ।

पिडितका तर्फबाट सरकारी वलिक सहित अधिवक्ता शिव गौडेल र इन्दिरा आचार्यले निशुल्क बहसमा गर्ने भएका छन् । अंगिराकी आमा शान्तिले जेठ १३ गते इलाका प्रहरी कार्यालयमा केटा विरेन्द्र भर सहित आमा अकाली र ठूली आमा शितलीलाई विपक्षी बनाई जाहेरी दिएकी थिईन । सोही जाहेरीका आधारमा तीन जनालाई पक्राउ गरि अनुसन्धान अघि बढाएको हो ।

प्रहरी अनुसन्धानले गम्भिर अपराध गरि अंगिरालाई आत्महत्या गर्नुपर्ने बाध्यकारी स्थिती सृजना गरेको निष्कर्ष निकालेको छ । तर परिवारले भने हत्या नै भएको दावी गर्दै आएका छन् । जातीय विभेदकै कारण १३ वर्षीय बालिकाले मृत्यूवरण गर्नुपरेको अधिकारकर्मी विनोद पहाडीले बताए । उनले अदालतमा घटना पुगेको तर अझै पनि विश्वस्त हुन नसकेकाले दलित समुदाय आन्दोलनमा उत्रेको बताए । संयुक्त दलित संघर्ष समिति रुपन्देहीले सोमबार र मंगलबार अदालत अगाडि अंगिराको न्यायको माग गर्दै धर्ना सहित खबदारी प्रदर्शन गरेका थिए ।

जनप्रतिनिधि र समाजका अगुवालाई अनुसन्धानमा ल्याइएन

१३ वर्षीय अंगिराको आरोपित विरेन्द्रको जिम्मा लगाउनमा देवदह ११ का वडाअध्यक्ष अम्बर बहादुर चौधरी सहित समाजका अगुवाहरूलाई भने प्रहरीले अनुसन्धानको दायरामा ल्याएन । कानुन बुझेका व्यक्तिहरूले बालिकामाथि जबरजस्तीकरणी हुँदा पनि न्याय दिनुको सट्टा विरेन्द्रको जिम्मा लगाएर पठाएकै कारण अंगिराले ज्यान गुमाउनुपरेको पिडित परिवार बताउँछन् । तर, प्रहरीले भने किटानी जाहेरीमा विपक्षी बनाएका तीन जनालाई मात्रै पक्राउ गरि अनुसन्धान गरेको थियो ।

अनुसन्धान प्रतिवेदन अदालतमा पुगेसकेकाले सामाजिक रुपमा गम्भिर अपराध गरेका वडाअध्यक्ष र समाजका अगुवाहरूले भने छुटकारा पाउने भएका छन् । जाहेरी नदिनका लागि समेत पटक पटक दबाब दिदै आएको विरेन्द्रको परिवारले अदालतमा घटना पुग्दा पनि विभिन्न धम्कीहरू दिदै आएका छन् । ‘अझै पनि न्याय नपाउने हो की भन्ने डर छ’ अंगिराकी आमा शान्तिले भनिन ।

अंगिराको न्यायका लागि रुपन्देही सहित देशैभर दवावमूलूक प्रर्दशन भएपछि घटनालाई प्रहरीले संवेदनशिल रुपमा लिएको हो । जातीय भेदभावबाट सृजित अपराध भएकाले घटनामा संलग्नलाई छाडिए सडक संघर्षमा होमिने रुपन्देहीका दलित अगुवा किस्मत विश्वकर्माले बताए । उनले जातीय भेदभावकै कारण हत्या हुने, हिंसा हुने क्रम नरोकिएकाले प्रहरी, प्रशासन र अदालतप्रति आफूहरू संशकित रहेको बताए । नागरिकबाट !

जातीय भेदभावलाई दण्डित गर्ने कानुन बनेयता नौ वर्षमा ज्यान गुमाउने दलितहरू

०७७ : नवराज विक (जाजरकोट) अन्तर्जातीय प्रेम

०७७ :अंगिरा पासी (रुपन्देही) बलात्कार, बालबिहे र हत्या

०७७ : टीकाराम नेपाली (रुकुम) अन्तर्जातीय प्रेममा सहयोग गर्दा

०७५ : माया विक (कैलाली) बलात्कारपछि हत्या

०७५ : दितिया रेष्मा रसाइली (धनुषा) बलात्कारपछि हत्या

०७५ : रूपमतीकुमारी दास (मोरङ) अपहरण, बलात्कारपछि हत्या

०७५ : मना सार्की (कालिकोट) अछुत भन्दै कुटपिटबाट हत्या

०७५ : श्रेया सुनार (कास्की) बलात्कारपछि हत्या

०७३ : अजित मिजार (काभ्रे) अन्तर्जातीय विवाहपछि हत्या

०७३ : लक्ष्मी परियार (काभ्रे) बोक्सीको आरोपमा कुटपिट गरी हत्या

०७३ : अस्मिता सार्की (झापा) अन्तर्जातीय प्रेम असफल

०७१ : राजेश नेपाली (पर्वत) छुवाछूत

०७० : संगीता परियार (तनहुँ) अन्तर्जातीय प्रेम

०७० : झुमा विक (ताप्लेजुङ) हत्या

०६८ : सेते दमाईं (दैलेख) अन्तर्जातीय विवाह

०६८ : शिवशंकर दास (सप्तरी) अन्तर्जातीय विवाह

०६८ : मनवीरे सुनार (कालिकोट) चुलो छोएको निहुँमा

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : पीडितहरूको पक्षबाट २४ जना वकिल

सुस्माको बदनाम गर्नेलाई अब के सजाय हुन्छ ?

रुकुम ‘हत्याकाण्ड’ : कुटिकुटी हत्या हुँदा पनि कसरी आयो पोष्टमार्टम्समा फरक रिपोर्ट ? (रिपोर्टसहित)

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : के छ आरोपपत्रमा (पूर्णपाठ)

रुकुम हत्याकाण्ड अपडेट : सकियो प्रहरीको अनुसन्धान, नवराज विकको पक्षमा आयो प्रतिवेदन

सिर्जनशील नेपाली समाजले दियो रुकुम घटनाका मृतक परिवारलाई आर्थिक सहयोग

रुकुम घट्नाको प्रतिवेदन सार्वजनिक–‘सोती हत्याकाण्ड जातीय विभेदको पराकाष्ठ भएको ठहर’ (भिडियाेसहित)

‘रुकुम हत्याकाण्ड’ पृष्ठभूमिमा जातीय छुवाछूत देखिन्छ : प्रधानमन्त्री ओली

सोती घटनाको निष्पक्ष छानविन हुन्छ : न्याय मर्न दिदैनौँ

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : ‘नवराजसहितका युवालाई चार गाउँ मिलेर लखेटेका थिए’

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ अपडेट : अझै छट्पटाइरहेका छन् घाइते

अपडेट : सबैको शव अंगभंग भएको अवस्थामा भेटियो

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’: थप ७ जना पक्राउ, एकै गाउँका २५ जना हिरासतमा

सोती घटनाका आरोपित १८ जनालाई १० दिन थुनामा राख्न अनुमति

प्रहरी प्रशासनकाे दादागिरी : जाजरकोट प्रवेशमा पत्रकारलाई रोकेपछि संघको बिरोध

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’: सोतीमा वेपत्ता भएका गोविन्द शाहीकाे शव भेटियाे

रुकुम घटनामा गृहमन्त्री थापाको जवाफ : अमेरिकामा पनि विभेद छ

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’बारे राष्ट्रिय मानवअधिकार आयोगद्वारा अनुसन्धान शुरु

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’का दोषीलाई उन्मुक्ति दिन गम्भीर चलखेल

रुकुम घटनाबारे संसदीय छानबिन समिति गठन गर्न सांसद आशा विकको माग (भिडियाेसहित)

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’: जाजरकोटमा आर्थिक चलखेल, घटना फितलो बनाउन गृहमन्त्री लागेको आरोप

‘रुकुम हत्याकाण्ड’बारे माइतीघरमा गरिएको प्रर्दशनमा प्रहरीको लाठीचार्ज, ९ जना घाइते

रुकुम नरसंहारको विरोधमा पूर्वप्रधानमन्त्री पुगे माइतीघर मण्डला

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : गाउँलेले कुटिरहे, प्रहरी हेरिरह्यो

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’: सोतीमा वेपत्ता भएका गोविन्द शाहीकाे खोजी कार्य जारी

भेरीमा बगेका सपनाहरु, ‘दोषीलाई उम्काउने प्रयास गरियो’

जनार्दनले रुकुम घटनाका दोषीलाई जोगाउन खोजेको आरोप

सोती घटनाका नाइके मल्ल र शर्माकाे यस्ताे छ ‘कनेक्सन’

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : शरिरमा कात्रो बेरेर माईतीघर मण्डलामा विरोध प्रदर्शन (फोटोफिचर)

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : राष्ट्रिय दलित पत्रकार संघ नेपालद्वारा देशभर प्रदर्शन

रुकुम घटनाको विरोधमा राष्ट्रिय दलित पत्रकार संघ चितवनको सांकेतिक विरोध

रुकुम पश्चिम ‘हत्याकाण्ड’ : ‘नबु काले, मेरो पेटमा तिम्रो बच्चा हुर्केको छ

रुकुम पश्चिम ‘हत्याकाण्ड’ : मृतक सबैको टाउकोमा चोट

रूकुम पश्चिमको नरसंहारमा मृत्युवरण भएकालाई साँस्कृतिक शहिद घोषणा गर्न माग

रुकुम घटना मानवताविरुद्धको जघन्य अपराध हो : पत्रकार महासंघ

 २ दर्जन सामाजिक संस्थाको संयुक्त अपील : रुकुम पश्‍चिम ‘हत्याकाण्ड’लाई राजनीतिक संरक्षण नदिइयोस्

रुकुम घटना : दोषीलाई कारवाही गर्न संयुक्त दलित संघर्ष समिति चितवनको माग (विज्ञप्तिसहित)

अर्घाखाँचीका दलित अघिकारकर्मीद्धारा घटनाको निष्पक्ष छानविनको माग गदै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

रुकुम पश्चिम ‘हत्याकाण्ड’ : थप एक जनाकाे शव भेटियो, मृतक संख्या ५, एक बेपत्ता

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : भेरीमा जलाइयो चार जनाकै शव (भिडियाेसहित)

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’को निष्पक्ष छानबिन होस् : राष्ट्र संघ

भेरीका मेयर भन्छन्- कुटीकुटी मारिएको रहेछ, हत्यारा कानुनको दायरामा आउँछन्

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : पूर्वगृहमन्त्री शर्मा नै उक्त घटनाप्रती ढाकछेप गर्न लागेको आरोप

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : यस्तो अवस्थामा भेटिए लोकेन्द्र, जनार्दन शर्मामाथि लाग्यो गम्भीर आरोप

रुकुम पश्‍चिममा मारिएका दलित युवकलाई शहीद घोषणा गर्न सांसदकाे माग

प्रकाण्डको आक्रोस, ‘रुकुम हत्याकाण्डका दोषीलाई कडा कारवाही गर, नत्र हामी गछौं’

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : दुबै हात बाधेको अवस्थामा बेपत्ता युवाको शव फेला !

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : दोषीमाथि कडा कारबाहीको माग गर्दै विरोध प्रदर्शनमा उत्रिए देशभर दलितहरु (तस्विर/भिडियाे)

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’लाई तोडमोड गर्ने प्रयास

रुकुम पश्चिमको घटनामा २० जनाविरुद्ध किटानी जाहेरी, १२ जना पक्राउ

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’: नेकपाले थाल्यो अनुसन्धान, दोषीलाई जनअदातलमा उभ्याउने

रुकुम पश्चिम हत्या काण्ड : दलित पत्रकारले सुरु गरे आमरण अनसन

दलित शसक्तिकरण तथा विकास केन्द्रले भन्यो : रुकुमको घटना क्रुर र पासबिक हत्या

रुकुम पश्चिम हत्या काण्डबारे पूर्वराजा ज्ञानेन्द्र शाहले मुख खाेले

रुकुम पश्चिम घटनाका घाइते भन्छन्, ‘तीनतिर घेरा हालेर कुट्दै भेरीमा धकेले’

रुकुम घटनाले हल्लायाे संसद, गृहमन्त्री थापासँग २० सांसदको यस्ताे छ प्रतिप्रश्न

रुकुम पश्चिम हत्या काण्ड : करवाहीको माग गर्दै दलित अगुवाले प्रशासनमा बुझाए ज्ञापन पत्र

दलित नरसंहारको पक्षमा पूर्वगृमन्त्री शर्माले संसदमा बोलेपछि हंगामा (भिडियाेसिहत)

दलित भएकै कारण युवाको हत्या : घटनाबारे गृहमन्त्री थापाले मुख खोले, छानबिनका लागि समिति गठन

दलित भएकै कारण युवाको हत्या : जातिय विभेद बिरुद्ध बाेले सेलिब्रेटीहरु

रुकुम पश्चिम हत्याकाण्ड : भेरीमा दलितको लाससँगै देशको कानुन र मानवीय संवेदना पनि बग्यो

रुकुम पश्चिम हत्या काण्ड : ३ को शव भेटियो, ४ जना बेपत्ता, वडाध्यक्षसहित १२ पक्राउ

दलित भएकै कारण प्रेमिका लिन जाँदा हत्या, दोषीमाथि कडा कारबाही गर्न पूर्वगृहमन्त्री शर्माको माग

रुकुम पश्चिमको घटनाप्रति दलित संघ-सस्थाको कडा बिरोध, पिडितलाई न्यायको माग

दलित भएकै कारण प्रेमिका लिन जाँदा हत्या, खोलामा तैरिदैछ लास

प्रेमविवाह गर्न गएका दलित युवाको हत्यामा वडाध्यक्ष संलग्न : २ जना मृत फेला, ४ अझै बेपत्ता

Related Articles

Back to top button