vada
News

एशियाकै ठूलो झु’पडीबस्तीमा पस्यो को’रोना, भ’यावह हुने ख’तरा थियो, तर…

काठमाडौँ। संसारको सबैभन्दा साँघुरो झुपडीबस्ती धारावीमा सामाजिक दूरी कायम गर्ने सुविधा मानिसहरूको वशमा छैन। र भिडभाड को’रोनाभा’इरसका लागि अनुकूल हो। झन्डै साढे दुई वर्गकिलोमिटरको भद्रगोलपूर्ण क्षेत्रफलमा पाँच लाख मानिसहरू बसिरहेका छन्। त्यो जनसङ्ख्या म्यानचेस्टरकोभन्दा बढी हो तर उनीहरू लन्डनको एउटा निजी बगैँचा केन्जिङ्टन गार्डेनभन्दा सानो क्षेत्रफलमा बस्छन्।

आठदेखि १० जना मानिसहरू एकसाथ जेलजस्तो घरमा बस्छन्। त्यहाँका ८० प्रतिशत मानिसहरू सार्वजनिक शौचालय प्रयोग गर्छन्। झु’पडी’बस्तीको साँघुरो गल्तीतर्फ फर्किएका भवनमा उद्योगहरू छन्। तर त्यही घरमा मानिसहरूको आवास पनि छ। त्यहाँका धेरै मानिसहरू अनौपचारिक ज्या’लामज’दुरीमा छन्। तर पनि मुम्बईको विशाल झु’पडीबस्ती धारावीले अहिलेसम्म को’रोनाभा’इरस म’हामारी नियन्त्रणमै राखेजस्तो देखिन्छ।

धारावीमा को’रोनाभा’इरस
एप्रिल १ मा त्यहाँ पहिलो स’ङ्क्रमण थाहा भएपछि अहिलेसम्म २,००० भन्दा बढीमा कोभिड-१९ देखिएको छ र ८० जनाले ज्या’न गु’माएका छन्। तर आधाभन्दा बढी स’ङ्क्रमणबाट निको समेत भएका छन्। त्यहाँ उच्च सङ्ख्यामा परीक्षण र काममा नजानेहरूलाई पनि नि:शुल्क खाना बाँडेर नियन्त्रणका लागि क’ठोर उपायहरू पनि जारी छन्।

महानगरका अधिकारीहरूका अनुसार उनीहरूले तीव्र रूपमा सङ्क्रमितहरू पत्ता लगाउँदै परीक्षण गर्ने र त्यो फैलिन नदिन एक्ल्याएर राख्ने काम गरेका छन्।उनीहरूले घुम्ती गाडीको प्रयोग र ज्व’रो मापन शिविरदेखि घरदैलो कार्यक्रम समेत गरेका थिए।

घरदैलोका बेला गर्मीको रापले स्वार्थ्यकर्मीलाई सुरक्षित हुन लगाइएका लुगा पसिनाले भिजाएर स’मस्या निम्त्यायो। र स्वास्थ्य शिविरमा मानिसहरूलाई बोलाउन थालियो। जहाँ अहिलेसम्म ३,६०,००० भन्दा बढीको लक्षणहरू जाँच्ने काम गरिसकिएको बताइएको छ। त्यहाँ इन्फ्रारेड थर्मोमिटर र पल्स अक्सिमिटरको प्रयोगले शरीरको तापमान र रगतमा अक्सीजनको तह मापन गरिन्छ। रू’घाखोकीजन्य लक्षण देखाउनेलाई त्यहीँ भा’इरसको परीक्षण गरिन्छ।

स’ङ्क्रमण देखिएकालाई त्यहाँ क्वारन्टीनका रूपमा प्रयोग गरिएका विद्यालय, विवाह हल र खेलकुद केन्द्रमा लगिन्छ। अहिलेसम्म १०,००० भन्दा बढी मानिसहरू त्यस्ता क्वारन्टीनमा बसेका छन्।

त्रा’स र सचेतना
त्यहाँ काम गरिरहेका डा. अमृता बवास्करले भनिन्: “मानिसहरू स्वेच्छिक रूपमा शिविरहरूमा आइरहेका छन्। कसैले त आफूलाई परीक्षणको योग्य बनाउन उमेर समेत बढाउने गरेका छन्।” “कोही खोकेको मान्छेको छेवैमा गएको भन्दै जँचाउन आउँछन्। त्यहाँ धेरै त्रा’स र सचेतना छ।” एप्रिलयता ११,००० मानिसको जाँच गरिएको भए पनि त्यहाँ अझै लक्षण नदेखाउने स’ङ्क्रमित हुने सम्भावना उच्च छ।

त्यस क्षेत्रको नेतृत्व गरिरहेका महानगरका सहायक कमिसनर किरण दिग्हफ्गर भन्छन्: “हामीले सामाजिक दूरी कायम नगरिकनै स’ङ्क्रमणको साङ्लो तोड्न सफल भएका छौँ। यसको विकल्प समेत हामीसँग थिएन।”

सञ्चारमाध्यमको आँखामा
धारावीले सञ्चारमाध्यमको धेरै चासो पाउनुले समेत यस कामलाई सहयोग पुर्‍याएको छ। ओस्कर विजेता चलचित्र स्लमडग मिनेनियरका कारण पनि यस झुपडीबस्तीले धेरैको ध्यान खिच्न सकेको हो। विश्वभरका थुप्रै व्यापारिक शैक्षिक संस्थाका अध्ययनकर्ता एवम् सहरी योजनाकारहरूले यहाँको एक अर्ब डलरको अनौपचारिक अर्थतन्त्र र सहरी परिदृश्यको अध्ययन गरेका छन्।

त्यहाँका स्वास्थ्य शिविरमा निजी चिकित्सकहरू जानेदेखि महानगरका नेता र गैरनाफामुलक एवम् परोपकारी संस्थाहरूले खाद्यान्न सहयोग गरेका छन्। भारतीय कलाकारदेखि व्यापारीहरूले स्वास्थ्य सामग्री, अक्सीजन सिलिन्डर, भेन्टीलेटर, पञ्जा, मास्क र औषधिहरू उपलब्ध गराएका छन्।

एक सहयताकर्मी डा. अर्मिदा फर्नान्डिज भन्छिन्: “समुदायका रूपमा काम गर्ने मुम्बईको इतिहास रहिआएको छ। धारावीमा सङ्क्रमणसँग जुझ्ने अधिकारीहरूको प्रयासलाई सघाएर मानिसहरूले नमुना काम गरेका छन्।”

आर्थिक मूल्य
बन्द त्यस बस्तीको आर्थिक मूल्य भने निकै ठूलो छ। उक्त झु’पडीब’स्ती छाला, माटाका भाँडाकुँडा र लुगा सिउनेजस्ता उद्योगको केन्द्र हो। त्यहाँ ५,००० त कर ति’र्ने साना उद्योगहरू छन्। एउटै कोठाबाट चल्ने विक्री केन्द्रहरू मात्र त्यहाँ १५,००० भन्दा बढी छन्। उक्त ठाउँ मुम्बईको प्लास्टिक प्रशोधन हुने मुख्य क्षेत्र समेत हो। त्यहाँ दशकौँदेखि सस्तोमा काम गर्ने सीपयुक्त कामदारहरू बस्ने गर्छन्।आम्दानी ठप्प भएपछि डेढ लाखभन्दा बढी त फर्किसकेका छन्।

धारावीलाई त्यस्तो क’ठोर बन्धनमा राखिँदा त्यहाँको अर्थतन्त्र ध्व’स्त भएको जानकारहरूले बताएका छन्। तर मुख्य प्रश्न त अझै जीवितै छ: हात धुनका लागि पर्याप्त पानी र उद्योगमा फर्कनका लागि रोजगारी के धारावीसँग होला? “यो यु’द्ध अझै सकिएको छैन। को’रोनाभा’इरसबाट बच्ने उपाय ननिस्केसम्म यसले छाड्ने छैन्,” दिग्हफ्गरले भने।

Related Articles

Back to top button