News
खुसीको खबर : असार १५ बाट सार्वजनिक सवारी साधन सञ्चालन हुने! गाडी भाडा बढ्ने, अन्य नियम यस्ता छन्
लामो समय देखिको लकडाउनका कारण आफुहरुको लगानी डुबेको भन्दै गुनासो गरेका सार्वजनिक यातायात ब्यवसायीलाई पनि राहत मिल्ने भएको छ । सरकारले सार्वजनिक यातायात सञ्चालनको तयारी गरेपछि उनीहरुले पनि राहत पाउने भएका छन् ।ठूलो लगानी थन्क्याएर बस्नुपर्दा बैंकको ऋण तिर्न नसक्ने अवस्थामा पुगेको सार्वजनिक यातायात ब्यवसायीले बताएका छन् । उनीहरुको यस्तो गुनासो पछि यातायात व्यवस्था विभागले नयाँ निर्देशिका बनाएर अब सञ्चालनको तयारी गरेको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवसायी र मजदुरसँग निर्देशिकाबारे छलफल गरेर छिटै टुङ्गो लगाउने विभागका महानिर्देशक गोगन हमालले जानकारी दिएका छन् ।तर कोरोना भाइरस सङ्क्रमितको संख्या दिनदिनै बढिरहेका बेला चालक र सहचालकको स्वास्थ्य सुरक्षा कसरी गर्ने भन्ने विषयमा भने छलफल जारी छ ।