vada
News

‘भ्याक्सीन’ बन्नु भन्दा पहिल्यै कोरोना सकिने !

काठमाडौं । कोरोना संक्रमणको मामिला अहिले तीव्र गतिले बढीरहेको छ । तर यसको तीव्रता पहिलाको जस्तो नभएको वैज्ञानिकहरुले बताएका छन् ।

यो दाबी प्रो. माटेओको रहेको छ । स्यान मार्टिनो हस्पिटलका संक्रमण रोग विभागका प्रमुख प्रोफेसरका अनुसार कोरोना भाइरस पहिला संक्रमितको लागि मृत्युको कारण बनेको तर अहिले भाइरसको गम्भीरता कम भएको छ, हुन सक्छ भ्याक्सीन बन्नु भन्दा अगाडि नै कोरोनाको महामारी सकिन्छ ।

इटालीका शीर्ष भायरोलोजिस्ट प्रोफेसर माटेओ बासेती भन्छन्, ‘मार्च र अप्रिलमा जो संक्रमित गम्भीर स्थितीमा अस्पताल आएका थिए, उनीहरुलाई तत्काल अक्सीजनको सपार्ट चाहिएको थियो, तर अहिले त्यस्तो छैन ।’

अहिले ८०/९० वर्षका वृद्धवृद्धाहरु पनि कुनै सपोर्ट बिनै सहजै श्वास लिईरहेका छन् । त्यति मात्रै होइन, रिकभर हुनेको संख्या पनि तीव्र गतिले बढीरहेको छ । सामान्य रोगीहरु स्वस्थ हुनेको संख्या पनि बढीरहेको छ ।

प्रो. माटेओले भने, ‘जसरी संक्रमितमा भाइरल लोड कम भईरहेको छ, साथै संकेत मिले लगत्तै भ्याक्सीन बिना नै अब हामी यस महामारीलाई हराउन सक्षम छौँ ।’

के हो भाइरल लोड ?

कोहि पनि व्यक्ति भाइरसको कति मात्राले संक्रमित हुन्छ, त्यसलाई भाइरल लोड भन्ने गरिन्छ । यसको माध्यमबाट संक्रमित हल्कादेखि लिएर गम्भीर रुपमा बिरामी हुन सक्दछ ।

एक पटक भाइरस शरीरमा पुग्यो भने सेल डिभिजनको मद्दतबाट आफ्नो प्रकृतिहरु बनाउँछ । प्रोफेसर माटेओका अनुसार नयाँ रोगीहरुमा धेरै कम मात्र भाइरल लोड पाइएको छ । जसले कोरोना कमजोर भएको प्रमाणित गर्दछ ।

स्वास्थ्यअवस्थामा सुधार हुँदै

प्रोफेसरका अनुसार संक्रमितको स्वास्थ्य अवस्था तीव्र गतिले सुधारोन्मुख भईरहेको छ । कोरोना संक्रमणको रफ्तार बढेपनि यसको कमै देखिएको छ ।

किनभने कोरोनासँग लड्न मानिसको शरीरले सिकिसकेको छ । म्यूटेशनको कारण यसले फोक्सोमा हमला गर्ने शक्ति पनि कमजोर बनिसकेको छ ।

त्यो बाहेक सरसफाईको ध्यान राखेकोले भाइसले बडीमा आफ्नो प्रकोप बनाउन सकेको छैन ।

एजेन्सीको सहयोगमा

Related Articles

Back to top button