vada
News

विहे गर्न अस्वीकार गरेका प्रेमीले ‘ब्ल्याकमेल’ गर्दै तनाव दिन थालेपछि २४ वर्षीया श्वेता पोखरेलले आत्महत्या गरेको सार्वजनिक भएको छ ।

विराटनगर । विहे गर्न अस्वीकार गरेका प्रेमीले ‘ब्ल्याकमेल’ गर्दै तनाव दिन थालेपछि २४ वर्षीया श्वेता पोखरेलले आत्महत्या गरेको सार्वजनिक भएको छ ।

sw

उदयपुरको बेलका नगपालिका–२ घर भई विराटनगर महानगरपालिका–३ मा बस्दै आएकी पोखरेलले आइतबार आत्महत्या गरेकी थिइन् ।

प्रेमी मोरङको सुन्दरहरैंचा नगरपालिका–१० का २५ वर्षीय सविन पराजुलीले विहे गर्न अस्वीकार गरेपछि उनको विराटनगरकै अर्का युवकसँग विहेको निधो भएको थियो । अर्कै युवकसँग प्रेमिकाले विहे गर्न लागेको थाहा पाएका सविनले विहे भाँड्ने योजनाअनुरुप विभिन्न हर्कत गरेको पाइएको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार सविनले प्रेम सम्बन्धमा रहँदा श्वेतासँग खिचेका तस्बिरहरु बाहिर ल्याएर तनाव दिन थालेको खुलेको छ । बाहिरिएका तस्बिरहरु श्वेताको विहे हुने घरसम्म पुग्यो ।

महेन्द्र मोरङ क्याम्पसमा अध्ययनरत श्वेता, शौर्य बचत तथा ऋण सहकारी संस्थामा काम गर्थिन् । उनी एउटै क्याम्पसमा पढ्ने सविनसँग तीन वर्षदेखि प्रेम सम्बन्ध थियो । प्रहरीका अनुसार सविनले विहे गर्न नमानेपछि पारिवारिक सल्लाह बमोजिम असार १४ गते उनको मागी विहे गर्ने गरी सोमबार फूलमालाको तयारी गरिएको पाइएको छ ।

फूलमालाको अघिल्लो दिनसम्म आइपुग्दा सविनबाट पनि श्वेतालाई अनेक खाले तनाव र यातना दिएर आत्महत्या गर्न बाध्य पारेको पाइएको प्रहरकिो भनाई छ ।

आफूसँग खिचेका फोटो सार्वजनिक गर्दै पूर्व प्रेमी सविनले विहे भाँड्न खोजेपछि युवतीले अन्तत आत्महत्याको बाटो रोजेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी राईको भनाइ छ ।

श्वेताकी बहिनी सरिताले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले सविनलाई मंगलबार पक्राउ गरेर आत्महत्या दुरुत्साहन मुद्दा चलाउन म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।

Related Articles

Back to top button