vada
News

सुशान्तको मृत्युअघि दिपिकाले भनेको यो कुरा, रातारात बन्यो भाइरल (भिडियोसहित)

भारतकै सर्वाधिक पारिश्रमिक पाउने नायिका पादुकोणले लोकप्रियताको उचाइमा पुग्ने समयमा निकै संघर्ष गरेकी थिइन् । न त उनी कुनै ठूलो कलाकारको छोरी हुन् न त कलाकारितासँग नाता नै थियो । तर पनि उनी बलिउडमा सफल भइन् ।

उनको क्षमता र निर्माता/निर्देशक सञ्चय लीला भन्सालीको साथ त्यसपछि उनले कहिल्यै फर्केर हेर्नु परेको छैन । अहिले बलिउडमा नेपोटिजमको कुरा उठेर सबै कलाकारहरुले सामाजिक सञ्जालमा कमेन्ट गर्न नमिल्ने बनाएका छन् ।

तर दिपिका पादुकोणको भने व्यापक चर्चा छ । उनको फ्यान फलोइङ् ह्वात्तै बढेको छ । उनको एउटा पुरानो भिडियो निकै भाइरल बनिरहेको छ । उक्त पुरानो अन्तर्वार्ता भिडियोको कारणले उनको चर्चा चुलिएको हो ।

भारतीय मिडियाले उनलाई सबैभन्दा धेरै को मनपर्छ भनेर प्रश्न गरेको थियो । उनले सहजै मलाई सुशान्त मन पर्छ भनेर जवाफ दिएकी छिन् ।

उनको हार्ड वक एकदमै मन पर्छ, दिपीका भन्छिन् ।द उनको यही लाईनले नै उनको फ्यानहरु प्रशंशा गर्दै भिडियो शेयर गरिरहेका छन् ।

भिडियो हेर्न यहाँ क्लीक गर्नुहोस्

Related Articles

Back to top button