vada
International

ट्र्म्प कोरोना संक्रमित भएपछि उनका समर्थकहरुले स्वास्थ्य लाभको यसरी गर्दैछन् कामना

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प यतिबेला अस्पतालमा भर्ना भएका छन् । उनी कोरोना भाइरस संक्रमित भएर अस्पताल भर्ना भएका हुन् । उनी बिरामी भएदेखि उनको स्वास्थ्य लाभको कामना गर्न यतिबेला पुरै अमेरिकन नागरिकहरु एक भएका छन् ।

उनको स्वास्थ्य लाभकोलागी कामना गर्न भनेर उनी भर्ना भएको वाशिङ्टन डीसीनजिकै एउटा अस्पतालबाहिर तथा देशका विभिन्न स्थानमा समर्थकहरू भेला भएर उनलाई स्वास्थलाभको कामना गरेका छन् । ट्रम्पलाई कोभिड–१९ भएको गत शुक्रवार पुष्टि गरिएको थियो । त्यही साँझ उनलाई विमानमा उपचारका लागि वाल्टर रीड न्याश्नल मिलिटरी हस्पिटल लगिएको थियो । उनको स्वास्थ्य टोलीले ट्रम्पको स्वास्थ्यमा उल्लेख्य सुधार आएको तर ढुक्क हुने अवस्था अझै नआएको शनिवार अबेर बताएको थियो ।

अमेरिकामा आगामी नोभेम्बर महिनामा राष्ट्रपतीय निर्वाचन हुँदैछ। ट्रम्प निर्वाचनको प्रचारप्रसारमा सक्रिय थिए । ट्रम्प बसेको अस्पतालबाहिर विरोधीहरू पनि भेला भएका थिए । शनिवार देशका विभिन्न स्थानमा ‍र्‍यालीहरू आयोजित भए। तिनमा सहभागीहरूले ट्रम्प चाँडो निको होऊन् भनेर कामना गरे । क्यालिफोर्नियामा उनको समर्थनमा कार र्‍याली निकालिएको थियो । फ्लोरिडामा त समर्थकहरूले अझ डुङ्गा र्‍याली नै निकाले ।

Related Articles

Back to top button