vada
News

६९ प्रहरी कोरोना संक्रमित, ३० जना आइसोलेसनमा

काठमाडौं । नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ । देशभर संक्रमितको संख्या बढिरहँदा प्रहरीमा पनि संक्रमण बढ्दै गएको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार देशभर ३९ प्रहरी कोरोनामुक्त भएर डिस्चार्ज भइसकेका छन् । ३० जना आइसोलेसनमा रहेको प्रहरी प्रवक्ता डीआईजी नीरज शाहीले जानकारी दिए ।

यस्तै जुम्लामा २, जाजरकोटमा १, सुर्खेतमा १, दैलेखमा ९, कञ्चनपुरमा ३, बाजुरामा १, काठमाडौंमा १ र भक्तपुरमा एकजना गरी ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

शान्ति सुरक्षा कायम गर्ने क्रममा प्रहरी विभिन्न स्थानमा परिचालन हुनुपर्ने भएकाले संक्रमितको सम्र्पकमा पुग्दा कोरोना संक्रमण भएको हुनसक्ने डीआईजी शाही बताउँछन् । उनले देशभर सकेसम्म प्राप्त स्रोत साधनको उपयोग र स्वास्थ्य सुरक्षाका उपाय अपनाएर कार्यक्षेत्रमा परिचालन हुन निर्देशन दिइएको बताए ।

Related Articles

Back to top button