vada
News

भक्तपुरको गोठमा आगलागी : तीन गाई र एक बाच्छा मरे ४ लाख बराबरको क्षति

भक्तपुरको गोठमा आगलागी हुँदा तीन गाई र एक बाच्छा मरेका छन्।

बुधबार राति पौने १२ बजे भक्तपुर सूर्यविनायक नगरपालिका-८ सिपाडोल बस्ने ३० वर्षीया पार्वती थापाको गोठमा आगलागी हुँदा ३ गाई र १ बाच्छा मरेका महानगरीय प्रहरी वृत्त, जगातीका डिएसपी चक्रराज जोशीले जानकारी दिए।

कुडो पकाउने क्रममा चुल्होबाट आगो सल्किएर घर अगाडि जस्ताले बारेको एक तले कच्ची गोठमा आगलागी भएको हो।

स्थानीय मिलेर आगो निभाएका प्रहरीले जनाएको छ।

‘प्रहरीलाई आज बिहान मात्रै खबर आयो। आगो स्थानीयले नै मिलेर निभाएका थिए,’डिएसपी जोशीले भने आगलागीबाट चार लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको उनले बताए।

Related Articles

Back to top button