vada
News

‘नेपालमा गुणस्तरीय क्वारेन्टाइनको संख्या २३ हजार जनाको’

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा गुणस्तरीय क्वारेन्टाइनको क्षमता २३ हजार जनाको मात्रै रहेको स्पष्ट पारेका छन्।प्रतिनिधिसभामा मंगलबार नीति तथा कार्यक्रमको विषयमा सोधिएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले नेपालमा ५७ हजार ९ सय ४ जनालाई राख्न सक्ने क्वारेटाइन भए पनि २३ हजार जना बस्ने मात्रै गुणस्तरीय भएको बताए।

अहिले सबै ठाउँका क्वारेन्टिनमा मानिस नराखिएकाले गुणस्तर नभएको बताउँदै उनले गुणस्तर नभएकालाई सुधार गर्नुपर्ने खाँचो औल्याएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सोमबार साँझसम्म २० हजारभन्दा बढी मानिस क्वारेन्टाइनमा छन्।

Related Articles

Back to top button