vada
News

नेपालमा थप ३१२ जनाले जित कोरोना, बढेको बढ्यै संक्रमित

काठमाडौं । नेपालमा थप ३१२ जनाले कोरोना संक्रमण जितेका छन् । योसँगै नेपालमा कोरोना संक्रमण जित्नेको संख्या २ हजार ६ सय ५० पुगेको छ ।

आज जलेश्वर अस्पताल महोत्तरीबाट २१ जना पुरुष, दुल्लु अस्पतालबाट २ महिला र ५ जना पुरुष, गौरीशंकर कलेज रौतहटबाट ३ जना महिला र ७७ जना पुरुष, सर्लाहीबाट ६९ जना पुरुष, बलम्बुबाट १ जना पुरुष त्रि वि शिक्षण अस्पताल काठमाडौंबाट २ जना पुरुष, आइसोलेसन सेन्टर बाँकेबाट २ जना महिला र ४ पुरुष, बर्दियाबाट २ जना महिला, बाँकेबाट ३ जना पुरुष, आइसोलेशनराप्ती शोनारी बाँकेबाट १ जना महिला र १० जना पुरुष, लायन्स डेन्टल आइसोलेसन बाँकेबाट ६ पुरुष कोरोना संक्रमण जितेर अस्पतालबाट डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।

प्रवक्ता गौतमका अनुसार प्रादेशीक अस्पताल सुर्खेतबाट ३ महिला र २९ जना पुरुष, दैलेखबाट १ जना पुरुष, प्रादेशीक अस्पताल धनुषाबाट ४ पुरुष, सप्तरीबाट ३ महिला र १२ पुरुष धनुषबाट ३ महिला र ४२ पुरुष र सिराहबाट १ जना पुरुष डिूचार्ज भएका छन् ।

आज डिस्चार्ज हुने ३ सय १२ जनामा १९ जना महिला र २९३ जना पुरुष रहेका छन् भने कुल डिस्चार्ज हुने २ हजार ६ सय ५० जनामा २ सय १६ जना महिला र २ हजार ४ सय ३२ जना पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा ४३४ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या ११,१६२ पुग्यो

नेपालमा आज (बिहीवार) एकैपटक ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ हजार १६२ पुगेको छ । जसमध्ये पुरुष १० हजार २० जना र महिला १ हजार १ सय ४२ जना छन् ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ४३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । थपिएकामध्ये ४८ जना महिला छन् भने ३८६ जना पुरुष संक्रमित छन् ।

उनका अनुसार आज भेटिएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको छ ।

मन्त्रालयले थपिएका मृतकको विवरण दिँदै भन्यो- कोरोनाबाट मृत्यु हुनेको संख्या २६ पुग्यो

नेपालमा अहिलेसम्म कोरोना भाइरसको कारण २६ जनाको मृत्यु भएको छ । नेपालमा हिजो (बुधवार) एकैपटक ६२९ जना नयाँ संक्रमित पुष्टि भएका थिए ।

बितेको २४ घण्टामा नेपालमा कोरोनाको कारण थप २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा स्याङ्जा सिरुबारीका ५५ वर्षीय पुरुष र ललितपुरका अर्का एक पुरुष रहेका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचाररत स्याङ्जाका कोरोना संक्रमितको गए राती मृत्यु भएको हो ।

गए राति ११ बजेर ३५ मिनेटमा उनको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

उनी गत असार ८ गते आइसियूमा भर्ना भएका थिए।

बुधबार राति निधन भएका उनको शव व्यवस्थापनका लागि पोखरा ३२ स्थित मजुवा लैजाँदै गर्दा शवबाहन सहितको प्रहरी टोलीलाई स्थानीयले अवरोध गरेर झडप समेत भएको थियो ।

त्यस्तै बितेको २४ घण्टामा कोरोना भाइरस ‘कोभिड – १९’ संक्रमणका कारण ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत महालक्ष्मी ५ ललितपुर ठेगाना भएका अर्का एकजना पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा गौतमले नियमित मिडियाब्रिफिङ मार्फत जानकारी दिए ।

उनको ५ महिना अघि मानव प्रत्यारोपण केन्द्र भक्तपुरमा मृगौला प्रत्यारोपण भएको थियो । कोखो दुखेका कारण उपचारका लागि उनी नर्भिक अस्पतालमा भर्ना भएका थिए । उनमा कोरोना संक्रमण भएपछि पाटन अस्पताल भर्ना भएका थिए । आज बिहीवार बिहान ५ बजे पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा मृत्यु भएको मन्त्रायका प्रवक्ता गौतमले बताए । उनको अस्पतालको भ्यान्टिलेटरमा उपचार हुँदा हुँदै मृत्यु भएको हो ।

यससँगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २६ पुगेको छ ।

Related Articles

Back to top button