vada
News

के मास्क लगाएपनि हुन सक्छ कोरोना ? वैज्ञानिकले गरे यस्तो खुलासा !

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट हिले सारा विश्व त्रस्त छ । कोरोना भाइरसको महामारी रोकिने अहिलेसम्म कुनै छाँटकाँट नै छैन ।

झनै दिनदिनै तीव्र गतिले बढीरहेको छ । विश्वका वैज्ञानिकहरुले कोरोनाबाट बच्नको लागि भ्याक्सीन बनाउन लागि परेका छन् ।

कोरोनाबाट बच्नको लागि सोसल डिस्टेन्सिङ र मास्क लगाउने जस्ता विभिन्न् उपायहरु डाक्टरहरुले सिकाईरहेका छन् ।

यसैबीच हालै मात्र भएको एक शोधमा मास्क लगाए पनि कोरोना भाइरसको संक्रमण हुन सक्ने कुरा पत्ता लागेको छ ।

साइप्रसमा रहेको यूनिभर्सिटी अफ निकोसियाद्वारा मास्कमाथि गरिएको शोधमा यो कुरा पत्ता लागेको हो ।

मास्क लगाएप िबारम्बार खोक्नाले कोरोनाको संक्रमणको खतरा झनै बढ्ने अध्ययनबाट पत्ता लागेको छ ।

संक्रमणलाई मास्कले रोक्छ

कोरोना भाइरसको संक्रमण रोक्न मास्कको प्रयोग अनिवार्य रहेको डाक्टरहरुले बताइरहेका छन् ।

यसको प्रयोगले कोरोनाको खतरा कम हुने विश्वास रहेको छ । मास्कमा विभिन्न किसिमका फिल्टरको प्रयोग गरिएको हुन्छ ।

जसले भाइरसको संक्रमणलाई रोक्छ । तर यसको प्रयोगमा पनि धेरै कुराहरु निर्भर रहन्छन् । विशेषज्ञका अनुसार हरेक मास्कको विशेषता त्यसको फिल्टर गर्ने क्षमतामा हुन्छ ।

अध्ययनबाट पत्ता लाग्यो

साइप्रसमा युनिभर्सिटी अफ निकोसियाका तालिब दिबुक र दिमित्रिस द्रिकाकिस समेत वैज्ञानिकले कम्प्युटर मोडलको मद्दतबाट मास्कमा शोध गरिएको थियो ।

शोधमा यदि कोहि मास्क लगाएपछि पनि बारम्बार खोक्ने गर्दछ भने मास्क फिल्टर हुने क्षमता कमजोर हुने बताइएको छ ।

जसबाट कोरोना हुने खतरा झनै बढ्छ । फिजिक्स अफ फ्लूइड्स मा प्रकाशित यस शोधमा मुखमा लगाईने मास्कको फिल्टर क्षमताको अध्ययन गरिएको थियो ।

बढ्न सक्छ कोरोनाको खतरा

यस अध्ययनमा बारम्बार खोक्दा कोरोनाको संक्रमण बढ्न सक्ने खतरा हुन्छ । किनभने उसको क्षमतामा खोक्नाले धेरै असर पर्दछ ।

वैज्ञानिकहरुदे मास्कमा मुखबाट खोक्दा निस्किएका छिटाहरु धेरै हुने भएकोले त्यसको फिल्टर क्षमतामा कमी आउँछ ।

एजेन्सीको सहयोगमा

Related Articles

Back to top button