‘डब्ल्युएचओ’ले कोरोनालाई ‘स्पेनिस फ्लू’सँग तुलना गर्दै दियो यस्तो चेतावनी
काठमाडौं । विश्व स्वास्थ्य संगठनले यदि कोरोना भाइरसको दोश्रो लहर साम्ने आयो भने विश्वमा फेरी लाखौँ मानिसहरुको मृत्यु हुने चेतावनी दिएको छ ।
डब्ल्युएचओका उप निर्देशक रायिनरी गुएराका अनुसार सय वर्ष पहिला आएको स्पेनिस फ्लूको जस्तै कोरोना भाइरसको दोश्रो लहर घातक सिद्ध हुने बताएका छन् ।
उनले भने, स्पेनिस फ्लूले सेप्टेम्बर र अक्टुबरमा दोश्रो चरणमा आउँदा लाखौँ मानिसको मृत्यु हुन सक्नेछ ।
कोरोना भाइरसका कारण अहिलेसम्म ५ लाख २ हजार १८९ जनाको मृत्यु भईसकेको छ भने १ करोड १ लाख २९ हजार ५४ जनालाई संक्रमण भएको छ ।
सन् १९१८ मा स्पेनिस फ्लूले विभिन्न देशहरुमा धेरै क्षति गरेको थियो ।
सारा विश्वमा यस फ्लूबाट ५० करोड मानिसहरु संक्रमित भएको बताइएको छ भने २ देखि ५ करोड मानिसहरुको मृत्यु भएको थियो । योसंख्या भनेको प्रथम विश्वयुद्धमा मारिने योद्धाहरुको भन्दा धेरै हो ।
रायिनरी गुएराका अनुसार यो महामारी गर्मीमा केहि समयका लागि रोकिएको थियो । तर सेप्टेम्बर र अक्टुबरमा आएको दोश्रो लहरले झनै हंगामा मच्चाएको थियो ।
एजेन्सीको सहयोगमा