vada
News

पृथ्वीमा आठ महाद्वीप रहेको वैज्ञानिकको खुलासा !

काठमाडौं । सानैदेखि हामीले पढ्दै र सुन्दै आएका छौँ कि विश्वमा सात महाद्वीप छन् । तर हालै मात्र वैज्ञानिकहरुले एक नयाँ महाद्वीपको बारेमा पत्ता लगाएका छन् ।

वैज्ञानिकले आफ्नो नयाँ रिसर्चमा सारा विश्वलाई ने अचम्मित बनाउने खुलासा गरेका हुन् ।

नयाँ खोजमा भर्तीमा सात नभएर आठ महाद्वीप रहेको कुरा पत्ता लागेको हो । यस नयाँ महाद्वीपको नाम वैज्ञानिकले जील्याण्डिया नाम दिएका छन् ।

वैज्ञानिकले भर्तीमा रहेको आठौँ महाद्वीपको नक्शा पनि तयार गरेका छन् । म्यापका अनुसार धर्तीमा सात नभएर आठ महाद्वीप थिए ।

जसमा एक समुन्द्रमा डुबी सकेको छ । संसारको आठौँ महाद्वीप अष्ट्रेलियाबाट दक्षिण पूर्व तर्फ न्यूजिल्याण्ड भन्दा माथि रहेको छ ।

वैज्ञानिक भन्छन्, यो महाद्वीप ५० लाख वर्ग किलोमिटरमा फैलिएको छ ।

डेली मेलको रिपोर्टका अनुसार न्यूजिल्याण्डको रिसर्च इन्स्टीट्युट (जीएनएस साइन्स) ले सन् १९९५ मा यस महाद्वीपको खाज गरेको थियो ।

सन् २०१७ मा यसको बारेमा पत्ता लागेको थियो र अहिले रिसर्च टिमले आठौँ महाद्वीपको सम्भावित नक्शा तयार गरेको छ ।

रिपोर्टका अनुसार २.५० करोड वर्ष पहिला यो महाद्वीप प्रशान्त महासागरमा डुबेको थियो । नक्शाको आधारमा यसको एक सानो भाग अहिले पनि रहेको छ ।

एजेन्सीको सहयोगमा

Related Articles

Back to top button