vada
News

ललितपुरका एक जनालाई कोरोना संक्रमण

काठमाडौं । ललितपुरका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले ललितपुरका एक जनामा आज कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

पाटन अस्पताल ललितपुरको प्रयोगशालामा गरिएको स्वाब परीक्षणका क्रममा ललितपुरका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रवक्ता गौतमले आज ललितपुरमा भेटिएका संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी चिकित्सकको निगरानीमा रहेको बताएका छन् ।

यसैबीच नेपालमा आज (सोमवार) एकैपटक ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १३ हजार १३ हजार २४८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ४७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार आज भेटिएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरसको कारण २८ जनाको मृत्यु भएको छ ।

नेपालमा अहिलेसम्म ३ हजार १३४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

त्यसमध्ये २ हजार ८६६ पुरुष र २६६ जना महिला रहेका छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमण मुक्त हुनहरुको संख्या १२१ रहेको छ । पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेहरुमध्ये १३ जना महिला र १०८ जना पुरुष छन्।

नेपालमा हिजो (सोमवार) एकैपटक ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

Related Articles

Back to top button