vada
News

अस्ताए नेपालका अन्तराष्ट्रि खेलाडी लामा, नेपाली खेल क्षेत्रमा ठूलो क्ष’ती !

काठमाडौं । युवा अवस्थामै एक होनाहार खेलाडिको अकस्मात ज्या’न गएपछि खेलक्षेत्र शो’काकुल भएको छ । क्योकुसिन कराते तथा उसुका अन्तर्राष्ट्रिय नेपाली खेलाडी वीरमान लामा ९वाइवा० को नि’धन भएपिछि खेलक्षेत्र स्तब्ध बनेको हो । सुतेकै अवस्थानमा आइतबार बिहान काभ्रेस्थित आफ्नै घरमा उनको नि’धन भएको खबर सार्वजनिक भएको छ । आफन्तको मलामीबाट फर्केपछि आरामका लागि सुतेका उनी आइतबार बिहान अबेरसम्म पनि नउठेपछि परिवारका सदस्यले उठाउन खोज्दा उनी मृ त अवस्थामा भेटिएका हुन् ।

लामा विगत दुई दशकयता नेपाली खेलकुदमा आबद्ध थिए । उनी एक दशकसम्म नेपालका राष्ट्रिय विजेतासमेत रहेका थिए । क्योकुसिन करातेका राष्ट्रिय विजेता रहेका उनले करातेबाटै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विभिन्न प्रतियोगितामा सहभागी जनाउँदै नेपालको प्रतिनिधित्व गरेका थिए । लामाले दुई वर्षअघि इन्डोनेसियामा सम्पन्न एसियाडमा पनि नेपालको तर्फबाट प्रतिनिधित्व गरेका थिए

Related Articles

Back to top button