vada
News

चीनमा फेरी भेटियो अर्को भाईरस, महामारी ल्याउन सक्ने !

काठमाडौं, १६ असार । अहिले विश्वलाई सताईरहेको कोरोनाभाईरस चिनबाट फैलिएको थियो । चीनबाट फैलिएको कोभिड–१९ ले हाल विश्वलाई संसकित बनाईरहेकै बेला फेरि चिनमा नै अर्को नयाँ भाईरस फेला परेको खबर छ ।

बीबीसीले खबरमा लेखेको छ, चीनका वैज्ञानिकहरुले फ्लुको एक यस्ता नयाँ स्ट्रेन पहिचान गरेका छन्, जसमा महामारीको रुपमा आफ्नो स्वरुप ल्याउन सक्ने क्षमता छ ।

समाचार अनुसार उक्त स्ट्रेन सुँगुरमा हुन्छ तर, यसले मान्छेलाई पनि संक्रमित बनाउने सक्ने जोखिम छ । जोखिमपूर्ण कुरा त के भने, उक्त भाइरसले आफ्नो स्वरुप बदल्न सक्छ ।

यसरी एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै फैलनसक्नेछ र सजिलै महामारीको रुप लिन सक्ने भन्दै शोधकर्ता यसबाट चिन्तित छन् ।

शोधकर्ताहरुका अनुसार यो भाइरसमा ति सबै लक्षण छन्, जसले मान्छेलाई संक्रमित गर्न सक्छ । त्यसैले यो भाइरसमाथि निगरानी राख्न जरुरी रहेको छ । यो एकदमै नयाँ भाइरस भएकाले मान्छेको शरीरमा यो रोगसँग लड्ने प्रतिरक्षा क्षमता कम वा पटक्कै नभएको बीबीसीमा समाचार छ ।

Related Articles

Back to top button