vada
News

झापाबाट आयाे खुशीको खबरः ६२ बर्षिय यी ब्यक्तिले जिते कोरोना!

झापाका एक जना कोरोना संक्रमित सोमबार निको भएर घर फर्किएका छन् ।कोशी अस्पताल विराटनगरको कोभिड १९ उपचार केन्द्रमा उपचाररत दमक नगरापालिका ३ बस्ने ६२ वर्षीय देउमान मङ्ग्राती डिस्चार्ज भएका हुन् ।

अस्पताल भर्ना भएको २५ दिनपछि उनलाई डिस्चार्ज गरिएको हो ।मङ्ग्रातीलाई १२ वैशाखमा भर्ना गरिएको थियो । उनको छोरा गत फाल्गुन ३० गते कतारबाट आएका थिए । यी व्यक्तिलाई कसरी कोरोना संक्रमण भएको हो भन्ने प्रश्नको उत्तर अहिलेसम्म भेटिएको छैन ।

पछिल्लो पटक गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको उपचार केन्द्रका जनस्वास्थ्य अधिकृत ज्ञानबहादुर वस्नेतले जानकारी दिए ।

झापाका तीन जना कोरोना संक्रमति मध्ये दुई जना निको भइसकेका छन् । सोमबार देखापरेका कचनकवलका कोरोना संक्रमित युवकलाई उपचारका लागि विराटनगर लगिएको छ ।

नेपालमा कोरोना संक्रमणको उपचारपछि निको हुनेको संख्या ३७ पुगेको छ भने संक्रमितको संख्या ३७५ पुगेको छ । २ जनाले कोरोनाको कारण ज्यान गुमाएका छन् । केटियमदैनिक बाट

Related Articles

Back to top button