vada
News

काेराेनाकाे लक्षण देखिएका छोराको जाँचको सट्टा बिहे गरिदिएपछि…

संसारभर फैलिएकाे काेराेनाले निकै दुखदायी जिवन कटाएका छन् । कतिपय सडकमा सुतेका छन् भने कतिपय वनमा सुतेका छन् । भारतमा कोरोना महामारीका बेला ठूलो संख्यामा पाहुना बोलाएर बिहे गर्नु निकै ख*तरनाक बनेको छ । बिहेमा सहभागी हुन आएकाहरुमा कोरोनाभाइरस संक्रमण फैलिएपछि बेहुलाको मृ*त्यु भयो भने अन्य ९५ जना पाहुना पनि भाइरस पोजेटिभ पाइएका छन् ।

बिहारको राजधानी पटनाबाट ५० किलोमिटर टाढा पालीगंजमा १५ जूनमा भएको एक विवाहमा यसरी संक्रमण फैलिएको समाचारमा प्रर्दशन गरिएकाे थियाे । त्यस विवाहका मानिस प्रति सोमबार ८० जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

घट*ना जानकारीका अनुसार बेहुलाले गुरुग्राममा सफ्टवेयर इन्जिनियरको काम गर्थे र बिहे गर्नको लागि १२ मेमा गाउँ आएका थिए । गाउँ आएका उनीमा कोरोनाको लक्षण पनि देखिएको थियो तर परिवारले जाँच गराउनुको सट्टा उनको बिहे गराइदिए । बिहेको २ दिनपछि नै उनको स्वास्थ्य एकदमै बिग्रियो ।

उपचारको लागि पटनाको एम्स अस्पताल लैजाने क्रममा उनको मृ*त्यु भयो । प्रशासनले यसबारे जानकारी पाएपछि बिहेमा सहभागी पाहुनाको जाँच गराउँदा पहिले १५ जनाको रिपोर्ट पोजेटिभ आयो । बाँकी रिपोर्ट सोमबार आउँदा अन्य ८० जना पनि संक्रमित पाइए । जाँचमा बेहुली भने संक्रमित भएको पाइएन ।

प्रशासनले यो घट*नामा सुरक्षाका उपायहरुको धज्जी उडाइएको बताएको छ । प्रशासनले कुनै पनि विवाह समारोहमा ५० जनासम्म मात्र सहभागी हुन अनुमति दिएको छ तर यो विवाहमा सयौंको संख्यामा सहभागी भएका थिए ।

Related Articles

Back to top button