अमेरिकाको मेडिकल संस्थाले भन्यो, कारोना भाइरसका नयाँ लक्षण यी पनि हुन सक्छन
विश्वमा कोरोना भाइरसको संक्रमण तीव्र गतिले बढीरहेको छ । यसैबीच कारोना भाइरसका नयाँ लक्षणले सारा विश्वलाई हैरान बनाएको छ ।
अहिले सम्म कोरोनाका लक्षणहरुमा खोकी लाग्नु, धेरै ज्वरो आउनु, थकान महशुस हुनु, शरीर दुख्नु जस्ता लक्षण थिए । तर अब अमेरिकाको मेडिकल संस्था सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रीभेन्सनले ३ नयाँ कोरोनाका लक्षण बताएको छ ।
मनसुन भईरहँदा यी लक्षणले झनै समस्या उत्पन्न गराईदिएको छ । अमेरिकाको मेडिकल संस्था (सिडीसी) का अनुसार पुरोनो कोरोना लक्षण बाहेक नाकबाट सिँगान बग्नु, बोल्न गाह्रो हुनु र डाइरिया हुनु पनि कोरोनाका लक्षण हुन सक्छन् ।
पहिला नाकबाट सिँगान झर्नुलाई कोरोनाको लक्षण नमानिएको सीडिसीले बताएको छ । हालै मात्र भएको अनुसन्धानमा उक्त तीन लक्षणहरुको बारेमा जानकारी मिलेको सीडिसीले बताएको छ ।
यसैबीच कोरोना भाइरसको महामारीबाट विश्वमा अपहिलेसम्म ५ लाख ४ हजार ७४४ जनाको मृत्यु भईसकेको छ भने १ करोड दुई लाख ६५ हजार २०७ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ५५ लाख ६६ हजार ६१६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५७ हजार ३४८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
एजेन्सी