vada
News

कोरोना भाइरसबाट निको भएकामा हुन थाल्यो यस्तो समस्या !

काठमाडौं । कोरोना भाइरसको कहर सारा विश्वमा नै जारी छ । कोरोना भाइरसको महामारी अहिलेसम्म विश्वका २१३ वटा देशहरुमा फैलिसकेको छ भने यसबाट संक्रमित हुनेहरुको संख्या पनि तीव्र गतिले बढ्दै गईरहेको छ ।

यो महामारी फैलिनुको सबैभन्दा ठूलो कारण भनेको अहिलेसम्म यसविरुद्धको कुनै पनि भ्याक्सीन बन्न नसक्नु नै हो ।

सारा विश्वका शोधकर्ता तथा वैज्ञानिकहरु यसविरुद्धको भ्याक्सीन बनाउन लागि परेका छन् । हरेक दिन कोरोना भाइरसको विषयलाई लिएर नयाँ नयाँ खुलासा भईरहेका छन् ।

अहिलेसम्म भएको शोध र अध्ययनले कोरोना भाइरसले मानिसको श्वसन प्रणालीमा मात्र नभएर फोक्सो तथा किड्नीमा पनि नोक्शान पुर्याउने कुरा साम्ने आएको थियो । तर नयाँ शोधमा एक अन्य समस्या पनि साम्ने आएको छ ।

शोधमा मधुमेहका रोगीहरुलाई कोरोना भाइरसको खतरा धेरै हुने कुरा पत्ता लागेको हो । तीन देशका चार युनिभर्सिटीहरुका शोधकर्ताहरुले सार्वजनिक गरेको उक्त शोधमा यो जानकारी दिइएको हो ।

कोशिकाहरुमा गर्छ असर

यो अध्ययन बेलायतको ग्लासगो यूनिभर्सिटी र बर्मिन्घम यूनिभर्सिटी, जर्मनीको होल्सटीन यूनिभर्सिटी र अष्ट्रेलियाको मोनाश यूनिभर्सिटीमा गरिएको थियो । जसमा कोरोना भाइरस इन्सुलिनले कोशिकाहरुमा असर पुर्याउँछ ।

साथै केहि पटक उक्त कोशिकाहरुलाई नष्ट पनि गर्दछ । शोधको समयमा संक्रमणप छि रोगी मधुमेहको रोगी बनेको पनि पाइएको थियो ।

बढ्न थाल्छ सुगर लेभल

शोधकर्ताहरुका अनुसार मानव शरीरको प्रेन्क्रियान्ज अर्थात इन्सुलिन बनाउने कोशिका कोरोना संक्रमणका कारण क्षतिग्रस्त भएको थियो ।

शोधका अनुसार अब चारै यूनिभर्सिटीका शोधकर्ताहरु कोरोना संक्रमणबाट ठीक भएका मानिसको यूरिन र रगतमा सुगरको लेभलमा आउने परिवर्तनमा शोध गर्न जुटेका छन् ।

यसको उद्देश्य रोगीको शरीरमा यो प्रभाव कति र कहिले र कसरी पर्छ भन्ने कुरा पत्ता लगाउनु रहेको छ ।

एजेन्सीको सहयोगमा

Related Articles

Back to top button