अस्पताल अगाडि २ घण्टासम्म चिच्याइरहिन् गर्भवती, अस्पतालले भर्ना नलिएपछि अस्पतालकै गेटमा जन्मियो बच्चा

एजेन्सी – व्यथाले च्यापेपछि अस्पताल अगाडि डेढ घण्टासम्म चिच्याएकी गर्भवतीको तस्विर अहिले सर्वत्र भाइरल बनेको छ । भारतको राजस्तानस्थित बासवान्डा जिल्लाका कान्तुका पति मानसिंहले आफ्नी गर्भवत पत्निलाई अस्पतालसँग गरेको लाखौँ विन्ती काम लागेन र गाउँको प्राथमिक स्वास्थ केन्द्रमा बसेका कर्मचारीको मन पग्लिएन । उनीहरुले स्वास्थ्य परिक्षण नै नगरी जिल्ला अस्पताल लैजान रेफर गरेपछि कान्तुको स्वास्थ्य अवस्था बिग्रियो । सुत्केरी ब्यथाले च्यापेकी कान्तुले करिब २ घण्टासम्म चिच्याएपछि सडकमा नै वच्चालाई जन्म दिइन् । घटना हो सोमबार रातीको ।सोमबार राती करणघाटी गाउँको प्राथमिक स्वास्थ केन्द्रबाट जिल्ला अस्पताल रेफर गर्दा एम्बुलेन्स समेत उपलब्ध नभएपछि कान्तुका पतिले अनेक उपाय लगाउन खोज्दा पनि उनी असफल बनेपछि कान्तुले प्राथमिक स्वास्थ केन्द्रको सडक पेटीमा शिशुलाई जन्मदिँदा त्यहाँका कर्मचारीहरुले रमिता हेरेर बसेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
कान्तुको पिडा बढ्दै गएपछि उनीहरु स्पतालले भर्ना लिनेछ भन्ने आशामा पति र सासुले मोहकमपुरा अस्पताल अगाडि नै रोकिने निर्णय गरे पनि अस्पतालले भर्ना नलिएपछि उनी करिब २ घण्टासम्म ब्यथा लागेर चिच्याइरहिन् र अस्पताल नजिकैको सडकमै बच्चा जन्माइन् । एक सैलुनवालाले एउटा चादर दिएपछि त्यसैको आडमा डेलिभरी गराउँदासम्म अस्पतालका कर्मचारीहरुले भने कान थुनेर बसेको समाचारमा जनाइएको छ । अहिले प्रहरीले उक्त अस्पतालका कर्मचारीहरुलाई कारवाहीका लागि खोजी सुरु गरेको छ ।